२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

हामी सहकारी पीडितले न्याय पाउन् भन्छौं, सरकार रविलाई थुन्यौं त भन्छ: सांसद झा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सांकेतिक रुपमा सरकार कुशासनतर्फ उन्मुख रहेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जनतालाई माया गर्नुको सट्टा रङ्गशालामा नागरिक कुटेको आरोप लगाउनु भयो । उहाँले वर्तमान सरकार कुलमानलाई लखेट्ने तयारी गरिरहेको समेत बतउानु भयो । उहाँले सहकारी पीडितको समस्या समस्या समाधान गरिनिदुस् भन्दा ‘रविलाई थुन्यौं त’ भन्ने सरकारको जवाफ हुने गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सरकारलाई जनतालाई माया गरिदिनुस् भन्छौं उहाँको कार्यकर्ताले रङ्गशालामा मान्छे कुट्छ । हामी सरकारले देशलाई माया गरिदिनुस् भन्छौं उहाँ कुलमानलाई लखेट्ने तयारी गर्नुहुन्छ । हामी सहकारी पीडितले न्याय पाउन भन्छौं उनीहरु रविलाई थुन्यौं त भन्छन् । हामी स्थानीय तहलाई बलियो बनाइदिनुस् न भन्छौं उनीहरु बालेनको कर्मचारी खोसे त भन्नुहुहन्छ ।’

उहाँले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताउनु भयो ।