२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने विश्व फुटबलको महाकुम्भ आजबाट यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र नै हो’



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको विकल्प निरङ्कुशता नभई समाजवादी गणतन्त्र भएको बताउँदै गणतन्त्रलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिगको आज यहाँ आयोजित कार्यक्रममा उहाँले देशभरका युवालाई अग्रगमनका सङ्गठति गर्नुपर्ने बताउनुभयो ।

संविधानलाई परिमार्जन गरेर जनताका अधिकारलाई पूर्णता दिँदै सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत समाजवादी क्रान्तिको तयारी गर्न आवश्यक भएको बताउनुभयो ।

अध्यक्ष दाहालको निजी सचिवालयका अनुसार प्रतिक्रान्तिकालाई पूर्णरुपमा परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीको काँधमा आएको बताउँदै उहाँले भन्नुभयो, “विश्व क्रान्तिका विभिन्न परिघटनामा क्रान्तिपछि जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु स्वभाविक हो, त्यस्ता प्रयासका विरुद्ध अझ बढी सङ्गठित भएर उनीहरुलाई पूर्णरुपमा परास्त गर्नु क्रान्तिकारीहरुको दायित्व हो ।”