१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज)माथि सांघातिक आक्रमण



अ+ अ-

बिर्तामोड । राष्ट्रिय युवा संघ नेपाल झापाका ईन्चार्ज खगेन्द्रराज आङ्देम्बे (राज) सहित ३ जना युवामाथि गएराति सांघातिक आक्रमण भएको छ ।

हत्या गर्ने योजनासहित भएको आक्रमणबाट तीनै जना गम्भिर घाईते भएका छन् । घाईतेहरुको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भईरहेको छ । ईन्चार्ज आङ्देम्बेको आइसियुमा र अन्य २ जना विश्वदिप राजवंशी र अजय खवासको अर्थोवार्डमा राखेर उपचार भईरहेको छ । आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो । खुकुरीबाट उनको अनुहारमा गम्भिर चोट लागेको छ भने अन्यको हात र शरिरका विभिन्न भागमा चोट लागेको छ ।

घटना विवरण अनुसार बिर्तामोड – ४ का खगेन्द्र खालिङ्गले राति करिब १ बजे आङ्देम्बेलाई घरमा बोलाएको बुझिएको छ । घर भित्र पस्नको लागि चेनगेटमा पुग्नेवित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । अर्का घाईते खवासका अनुसार आङ्देम्बेको हत्या गर्ने योजनाले नै खुकुरी प्रहार भएको हो । आङ्देम्बेलाई खुकुरी प्रहार गर्दा मैले रोक्ने प्रयास गरें, खवासले भने – मेरो हातको ४ वटा औँला काटिएको छ । यो आक्रमण योजनावद्ध देखिन्छ ।

यस्तै अर्का घाइते राजवंशीलाई पनि भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिएपछि मोटरसाईकलमा आएका सोहि समुहका ४ जनाले आक्रमण गरेको थियो ।

घटनाको विषयमा जानकारी भएपश्चात संलग्नहरुको खोजी कार्य भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।