२ श्रावण २०८३, शनिबार
,
Latest
शान्ति प्रक्रिया र गणतन्त्र स्थापनामा डा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछः संयोजक दाहाल राष्ट्रले एक प्रखर बौद्धिक व्यक्तित्व र लोकतन्त्रको सजग पहरेदार गुमायो : सभापति थापा साना नदीमा आकस्मिक बाढीको जोखिम जनकपुरधाममा गुठीको जग्गा लिजमा दिएपछि विवादः स्थानीय र ओशो ध्यान केन्द्रबीच रस्साकस्सी भारतको ओडिसामा धार्मिक उत्सवका क्रममा भागदौड, धेरै घाइते पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा सुरक्षा फौजको कारबाही, २४ लडाकु मारिए उच्च अदालत तुलसीपुरद्वारा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट चीनको चोङकिङमा पहिरोः सात जनाको जीवितै उद्धार चीनको चोङकिङमा भीषण पहिरोः घरहरू पुरिए, सयौँ नागरिक फसेको आशङ्का अमेरिकाद्वारा इरान लक्षित पछिल्लो चरणको हवाई आक्रमण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोङका ‘गुरु किसान’लाई अभिमुखिकरण



अ+ अ-

इलाम। यहाँको रोङ गाउँपालिकामा करिब चार हजार पाँच सय किसान छन् । तीमध्ये पालिकाले पहिलो चरणमा १२१ जनालाई ‘गुरु किसान’का रूपमा छनोट गरेर अभिमुखिकरण तालिम सञ्चालन गरेको छ ।

कम क्षेत्रफलमा बढी उत्पादन गरिरहेका किसानलाई गुरु किसानका रूपमा छनोट गरी उत्पादकत्वमा प्रतिस्पर्धा गराउन अभिमुखकरण दिइएको गाउँपालिका अध्यक्ष मणिकुमार स्याङ्बोले बताउनुभयो ।

छ वटै वडामा सञ्चालित अभिमुखिकरणमा  ‘गुरु किसान’ अर्थ, उनीहरुको काम, कर्तव्य, अधिकार र अबको भुमिकाका सम्बन्धबारे जानकारी दिइएको छ । “अहिले १२१ जना छानिनुभएको छ । यो सङ्ख्या क्रमशःवृद्धि हुन्छ”, गाउँपालिका अध्यक्ष स्याङ्बोले भन्नुभयो, “किसानलाई उत्पादकत्वमा प्रतिस्पर्धा गराउन गाउँपालिकाले विगत वर्षदेखि यो अवधारणा अघि सारेको हो ।” आगामी चैत्र ७ गते एक कार्यक्रमबीच औपचारिक रूपमा ‘गुरु किसान’ घोषणा गरिने गाउँपालिकाको तयारी छ ।

रोङ–१ बडारेका मनबहादुर राईले १२ रोपनी क्षेत्रफलमा यसवर्ष १५ मन अलैँची उत्पादन गर्नुभयो । “मल, जल र सिँचाइ समयमा पुग्यो भने कम क्षेत्रफलमा पनि धेरै उत्पादन लिन सकिँदो रहेछ” किसान राईले भन्नुभयो, “आउँदो वर्ष यही खेतीमा अझ मेहनत गरेर उत्पादन वृद्धि गर्ने लक्ष्य छ ।”

किसानको उत्पादन, परिमाण, गुणस्तर र उत्पादनमा एकरूपता ल्याउन गुरु किसान कार्यविधिलाई कार्यपालिकाले स्वीकृत गरेको वडा नं ६ का अध्यक्ष सत्यमकुमार राईले बताउनुभयो । पालिकाले गुरु किसानलाई लोगो, पहिचान खुल्ने पहिरन, उहाँहरुले अध्ययन गर्ने पुस्तक, झोला, अभिलेख डायरी उपलब्ध गराएको छ ।

सो कार्यक्रम अन्तर्गत गाउँपालिकाले किसानलाई तालिम, गोष्ठी, आधुनिक औजार खरिदमा समेत मद्दत गर्ने जनाएको छ । कृषि पेशाबाट किसान पलायन हुँदै गएको अवस्थामा यो कार्यक्रमले थप हौसला प्रदान गरेको गुरु किसान दिलकुमार अर्यालले बताउनुभयो । “यो कार्यक्रम उत्कृष्ट लाग्यो । किसानले उत्पादन गरेपनि बजारीकरण गर्न नसक्दा प्रतिफल पाएका थिएनौँ । कृषि पेशा नै छोड्नुपर्छ भन्ने निराशा बढेको थियो । यस्तो बेलामा पालिकाको कार्यक्रमले प्रोत्साहन मिलेको छ”, उहाँले भन्नुभयो ।

आधुनिक खेती पद्धतीको विकास गर्दै पालिकालाई समृद्ध बनाउन सुरु गरिएको गुरु किसान परियोजनाले यहाँका किसानमा खेतीप्रति जाँगर थपिएको कृृषक माया राई बताउनुहुन्छ । रासस