संखुवासभा। खाँदबारी नगरपालिका-१० मगरटोलका ७३ वर्षीय वृद्ध जंगबहादुर मगरको भीरबाट लडेर मृत्यु भएको छ ।
गोठालो गएका मगरको सोमबार दिउँसो करिब २ सय मिटर अग्लो अरुणथानको भीरबाट लडेर मृत्यु भएको प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए । मगर बाख्रा चराउन जंगल गएका थिए ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।










