२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चैत १ गतेदेखि भृकुटीमण्डपमा ‘पुष्प मेला’



अ+ अ-

काठमाडौँ । फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा अगामि चैत १ गते देखि ४ गतेसम्म ‘२६ औँ फ्लोरा एक्स्पो २०८१’ काठमाडौंको भृकुटिमण्डपमा हुने भएको छ ।

सोमवार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक फ्लोरिकल्चर एशोसिएशन नेपालले उक्त बजानकारी गराएको हो । पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवद्र्धनको लागि एशोसिएशनले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला–प्रदर्शनीको आयोजना गर्दै आईरहेको छ ।

यस वर्षको एक्सपोको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ रहेको फ्लोरिकल्चर एशोसिएशन नेपालका उपाध्यक्ष रामबहादुर तामाङले बताउनु भयो । उहाँले २६ औँ फ्लोरा एक्स्पोमा व्यवसायिक तथा अफिसियल स्टलसहित ८२ वटा स्टल रहने जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलामा पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरुको विभिन्न विधाहरुमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फूल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिष्पर्धा गराइने छ । सोको मुल्याङ्कन सम्बन्धित क्षेत्रका विज्ञ प्राविधिकद्वारा हुने आयोजकले बताएको छ । उहाँले पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरु तथा विभिन्न संघ संस्थाहरुको सहभागिता रहने बताउनु भयो ।

पुष्पको क्षेत्रमा विकास भएको तथा प्रयोगमा आएको नबिनतम प्रविधिबारे प्रचार प्रसार गर्न सघाउ पुग्ने आयोजकको विश्वास छ । पुष्प व्यवसाय गर्न चाहने नवउद्यमी, जिज्ञासु एवं अध्ययन अध्यापनका साथै अनुसन्धान गर्ने महानुभावहरु सबैका लागि मेला वृहत साझा मञ्च हुने हामीले विश्वास लिएको बताउनु भयो ।

घर आँगन बगैचा सजाउन, पुष्प व्यवसायबारे ज्ञान सीप हाँसिल गर्न चाहने व्यक्ति, संघ संस्थाहरुलाई यस २५ औं फ्लोरा एक्स्पोले महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा आयोजकको छ । मेला अवधिभर ६० हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा एक करोडसम्मको व्यवसायिक कारोबार हुने आयोजकको विश्वास छ ।

मेला आयोजनाकै अवसरमा चैत ३ गते रक्तदान कार्यक्रम समेत आयोजना गरिएको बताइएको छ ।