२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको कुशासनको फाइदा उठाएर व्यवस्थाबिरोधी अभियान चलाइयोः माओवादी केन्द्र



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले संघीयता मन नपराउनेहरुले सरकारको कुशासनको फाइदा उठाएर अहिले व्यवस्था बिरोधी अभियान चलाएको आरोप लगाएको छ ।

सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो आरोप लगाएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आईतवार जम्मा भएको भीडप्रति लक्षित गर्दै माओवादीले सरकारका नराम्रा कामहरुको फाइदा उठाएर व्यवस्थाबिरोधीहरुले अभियान सञ्चालन गरेको आरोप माओवादीको छ ।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा तराई/मधेस अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्ववियु निर्वाचनको बारेमा छलफल भएको बताउनु भयो । उहाँले अभियानले झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा गरेको दाबी गर्नुभयो ।

उहाँले माओवादी नै परिवर्तनको संवाहक भएको दाबी गर्दै केही समय जनताप्रति बेवास्ता भएको कुरा स्वीकार गरेपछि पार्टीप्रति जनता धेरै आकर्षित र आशावादी रहेको जिकिर गर्नुभयो । जनताका अपेक्षा, आशा पूरा गर्न हामी सदन, सडकमा प्रभावकारी बनाउने पनि निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अभियानको प्रारम्भिक समीक्षा भयो । वर्तमान राष्ट्रिय राजनीति परिस्थितिबारे छलफल भयो । स्ववियु निर्वाचनको बारेमा पनि छलफल भयो । झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा भएको छ । परिवर्तनको संवाहक पनि भएको र केही समय जनताप्रति बेवास्ता भएको कुरा हामीले राखिसकेपछि जनता धेरै आकर्षित र आशावादी भएका छन् ।

एक प्रकारको लहर नै पैदा भएको छ । अभियान निकै प्रभावकारी भएको छ । बहुआयामिक सन्देश छोडेको छ । हामीले सयौँ कार्यक्रम गरेका छौँ । जहाँ गयाँै त्यहाँ अमिट छाप छोडेका छौँ । जनताका अपेक्षा, आशा पूरा गर्न हामी सदन, सडकमा प्रभावकारी बनाउने निर्णय भएको छ । राष्ट्रिय राजनीतिक परिस्थितिमा भन्दा प्रतिगामीहरु अलिकति सल्बलाएका छन् । तर जनतालाई निकै प्रभाव परेको छैन । पहिलादेखि चाहनेहरुले केही आशा गरेको पाइयो तर नेपाली जनता लोकतन्त्रको पक्षमा छन् । लोकतन्त्रलाई अझ विकसित, सुदृढ गर्नुपर्छ भन्नेमा हुनुहुन्छ ।’

माओवादीले सरकार सबैखाले काममा अहिले असफल भएको निस्कर्ष निकालेको छ ।