१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी: आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण गर्नेलाई काउन्सिलको कारबाही जलजलामा सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नापजाँच थालियो काँकडभिट्टामा गोप्रो क्यामेरा जडान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर हिलैहिलो, अलपत्र शव अनि डोरीबिनै उद्धार बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारको कुशासनको फाइदा उठाएर व्यवस्थाबिरोधी अभियान चलाइयोः माओवादी केन्द्र



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले संघीयता मन नपराउनेहरुले सरकारको कुशासनको फाइदा उठाएर अहिले व्यवस्था बिरोधी अभियान चलाएको आरोप लगाएको छ ।

सोमवार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकले यस्तो आरोप लगाएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थनमा आईतवार जम्मा भएको भीडप्रति लक्षित गर्दै माओवादीले सरकारका नराम्रा कामहरुको फाइदा उठाएर व्यवस्थाबिरोधीहरुले अभियान सञ्चालन गरेको आरोप माओवादीको छ ।

बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा तराई/मधेस अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्ववियु निर्वाचनको बारेमा छलफल भएको बताउनु भयो । उहाँले अभियानले झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा गरेको दाबी गर्नुभयो ।

उहाँले माओवादी नै परिवर्तनको संवाहक भएको दाबी गर्दै केही समय जनताप्रति बेवास्ता भएको कुरा स्वीकार गरेपछि पार्टीप्रति जनता धेरै आकर्षित र आशावादी रहेको जिकिर गर्नुभयो । जनताका अपेक्षा, आशा पूरा गर्न हामी सदन, सडकमा प्रभावकारी बनाउने पनि निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अभियानको प्रारम्भिक समीक्षा भयो । वर्तमान राष्ट्रिय राजनीति परिस्थितिबारे छलफल भयो । स्ववियु निर्वाचनको बारेमा पनि छलफल भयो । झापादेखि रौतहटसम्म आइपुग्दा जनतामा नयाँ खालको जागरण पैदा भएको छ । परिवर्तनको संवाहक पनि भएको र केही समय जनताप्रति बेवास्ता भएको कुरा हामीले राखिसकेपछि जनता धेरै आकर्षित र आशावादी भएका छन् ।

एक प्रकारको लहर नै पैदा भएको छ । अभियान निकै प्रभावकारी भएको छ । बहुआयामिक सन्देश छोडेको छ । हामीले सयौँ कार्यक्रम गरेका छौँ । जहाँ गयाँै त्यहाँ अमिट छाप छोडेका छौँ । जनताका अपेक्षा, आशा पूरा गर्न हामी सदन, सडकमा प्रभावकारी बनाउने निर्णय भएको छ । राष्ट्रिय राजनीतिक परिस्थितिमा भन्दा प्रतिगामीहरु अलिकति सल्बलाएका छन् । तर जनतालाई निकै प्रभाव परेको छैन । पहिलादेखि चाहनेहरुले केही आशा गरेको पाइयो तर नेपाली जनता लोकतन्त्रको पक्षमा छन् । लोकतन्त्रलाई अझ विकसित, सुदृढ गर्नुपर्छ भन्नेमा हुनुहुन्छ ।’

माओवादीले सरकार सबैखाले काममा अहिले असफल भएको निस्कर्ष निकालेको छ ।