९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

काँकडभिट्टामा गोप्रो क्यामेरा जडान

काँकडभिट्टामा गोप्रो क्यामेरा जडान
अ अ+ अ-

झापा। नेपालको पूर्वी नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले सीमा क्षेत्रको निगरानी, सूचना सङ्कलन तथा आपराधिक गतिविधि नियन्त्रणका लागि उच्च प्रविधिको ‘गोप्रो क्यामेरा’ जडान गरेको जनाएको छ ।

अवाञ्छित वा आपराधिक घटना घटेमा प्रत्यक्ष प्रमाण सङ्कलन गरी अनुसन्धानलाई पारदर्शी र प्रभावकारी बनाउन यो प्रविधि उपयोगी हुने विश्वास लिएको सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले बताउनुभयो ।

हाल गणले दुई थान ‘गोप्रो क्यामेरा’ सञ्चालनमा ल्याएको उहाँले जानकारी दिनुभयो । सीमा क्षेत्रमा हुने अवैध तस्करी, चोरी–निकासी तथा अन्य अपराध नियन्त्रणमा क्यामराको प्रयोगले सहयोग पुग्ने उहाँको विश्वास छ ।

सशस्त्र प्रहरीको प्रविधिमैत्री र सक्रिय परिचालनले सीमावर्ती क्षेत्रका बासिन्दामा सुरक्षाको अनुभूति बढाएको छ भने स्थानीय जनताले शान्ति–सुरक्षा कायम गर्न सशस्त्र प्रहरीलाई प्रत्यक्ष सहयोग गर्दै आएका छन् । रासस