८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य

विपद् व्यवस्थापन गर्न बाँकेका आठ पालिकाबीच सहकार्य
अ+ अ-

नेपालगञ्ज। बाँकेका आठ स्थानीय तहले विपद् व्यवस्थापन गर्नका लागि साझा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । अन्तरपालिका समन्वय, सहकार्य एवं अनुभव आदान प्रदानसम्बन्धी भएको समन्वय बैठकमा सो समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

जिल्लाका स्थानीय तहबीच विपद् जोखीम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा प्रभावकारी रुपले कार्य गर्नको लागी समन्वय, सहकार्य र श्रोत साझेदारीलाई प्रवद्र्धन गर्ने, विपद् व्यवस्थापनको क्षेत्रमा स्थानीय तहमा भएका असल अभ्यास र सिकाइको अनुशरण गर्दै आवश्यक पर्दा एक स्थानीय तहले अर्को स्थानीय तहलाई मानवीय, आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख छ ।

यसबाहेक विपद् व्यवस्थापनमा सहयोग आदानप्रदान गर्न तथा सहकार्य गर्न स्रोत साझेदारीको लागि सम्बन्धित स्थानीय तहको मौजुदा कानुन अद्यावधिक गर्ने, आगलाीगको समयमा कुनै स्थानीय तहले दमकल सेवा माग गर्दा तुरुन्त उपलब्ध गराउनुपर्ने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ ।

सबै स्थानीय तहले आफ्नो क्षेत्रभित्र रहेका एम्बुलेन्सको विवरण अद्यावधिक गरी आपत र विपद्को समयमा तुरुन्तै सेवा दिन प्रबन्ध मिलाउने, विपद् सूचना प्रणालीलाई प्रभावकारी बनाउन सबै स्थानीय तहले स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्रको स्थापना एवं सुदृढीकरण गरी विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनेलगायत समझदारीपत्रमा जनाइएको छ ।

विपद्को समयमा आवश्यक पर्ने उद्धार, राहत तथा पुनःस्थापनाको लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सेवा, अस्थायी आवास आदिजस्ता अत्यावश्यक सेवा तत्काल प्रदान गर्ने उद्देश्यले त्यस्ता सामग्रीरुको निश्चित मात्रामा भण्डार गर्ने पनि समझदारीपत्रमा उल्लेख छ । समझदारीपत्रमा नेपालगञ्ज उपपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहलगायत विभिन्न पालिकाका विपद् सम्पर्क व्यक्तिले हस्ताक्षर गर्नुभएको छ ।

सो अवसरमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले विपद् व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको बताउनुभयो । उक्त बैठकमा नेपालगञ्ज उपमहानगरपालिकाका विपद् सम्पर्क व्यक्ति दीपेन्द्र श्रेष्ठ, परियोजनाका जनसम्पर्क अधिकृत रुपन ज्ञवालीले परियोजनाको विभिन्न विषयमा जानकारी दिनुभएको थियो । सबै पालिकाले विपद्मा गरेका विभिन्न असल कामको अभ्यासबारे समेत जानकारी दिएका थिए । रासस