८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

हुकुम प्रमाङ्गीबाट शासन चलाउन खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन्न : नेताहरु

हुकुम प्रमाङ्गीबाट शासन चलाउन खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन्न : नेताहरु
अ+ अ-

काठमाडौँ। सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरुले नेपालमा राजतन्त्रको पुनरागमन असम्भव भएकाले त्यसका पछाडि नलाग्न आग्रह गर्नुभएको छ ।

नेपालमा राजतन्त्र इतिहासको विषय भइसकेकाले राजा फर्काउने सपना नदेख्न सुझाव दिँदै उहाँहरुले इतिहासमा सीमित भइसकेको विषयवस्तुलाई शासन व्यवस्था परिवर्तनसँगै दाँज्ने कार्य नचिताउन सुझाव दिनुभयो ।

–श्यामकुमार घिमिरे, प्रमुख सचेतक नेपाली कांग्रेस
संविधानतः नागरिक भइसकेका पूर्वराजा ज्ञानेन्द्र शाहले नागरिककै हैसियतले आउँदा–जाँदा समर्थक र शुभेच्छुकले स्वागत, सत्कार र अभिवादन गर्ने कार्यलाई सामान्य रुपले लिइनुपर्छ । त्यसलाई सम्मान गर्नुपर्छ । तर अहिले सडकमा भइरहेका गतिविधि राजगद्दीमा बसाल्ने ध्येयले पूर्वराजालाई फर्काउने अभियान हो भने त्यो आपत्तिजनक छ, पाच्य हुन सक्दैन ।

राजतन्त्र इतिहासको विषय बनिसक्यो । अब फेरि सत्तामा फर्किने र राजतन्त्र ब्युँताउने सपना छोडिदिए हुन्छ । यसले पूर्वराजालाई नै क्षति पु¥याउन सक्छ । सबै राजनीतिक दलहरु कांग्रेसजस्ता उदारवादी हुँदैनन् । यस घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिने राजनीतिक दल पनि छन् । यो पक्षलाई मनन नगर्ने हो भने पूर्वराजालाई नै चोट पुग्न सक्छ । त्यो परिस्थिति आउन दिन हुन्न । पूर्वराष्ट्रप्रमुखका रुपमा सम्मानका साथ आफ्नो स्थानमा बस्नु उचित हुन्छ भन्ने मेरो सल्लाह हो ।

–महेशकुमार बर्तौला, मुख्य सचेतक नेपाल कम्युनिष्ट पार्टी (एमाले)
लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र र गणतन्त्र हो । लोकतन्त्रमा  मात्रै नागरिकले आफ्नो प्रतिनिधि छनोट गरी शासन गर्ने यो सुविधा पाउँछन् । लोकतन्त्रमा मात्रै चुनिएका दल र प्रतिनिधिले त्रुटिपूर्ण गरेमा प्रत्येक पाँच वर्षमा त्यसलाई दण्डित गर्दै अर्काेलाई चयन गर्न पाउने अधिकार जीवन्त रहन्छ । त्यसकारण पनि लोकतन्त्र र गणतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन ।

अहिले पूर्वराजाका नाममा सडकमा देखिएका गतिविधिबाट अराजकतालाई प्रोत्साहन र राजनीतिक अस्थिरतालाई बल पु¥याउने मनसायका साथ अगाडि बढाउन खोजिएको छ । अराजकता र अस्थिरता निम्त्याउने किसिमका प्रवृत्तिलाई बल पुग्ने कार्य कसैबाट हुनुहुन्न । यसले मुलुकलाई ठीक ठाउँमा लैजाँदैन । नेपालमा राजतन्त्रको पुनरागमन असम्भव कुरा हो । यसको पछाडि नलाग्नका लागि सबैलाई आग्रह गर्न चहान्छौँ ।

जनताको सबैभन्दा महत्वपूर्ण उपयुक्त र उच्चस्तरको शासन व्यवस्था भनेकै लोकतन्त्रसहितको गणतन्त्र हो । शासकीय कार्यशैलीबारे केही प्रश्न भए त्यहीँ भित्रबाटै समाधान खोज्न सकिन्छ । संसद्मार्फत प्रमुख प्रतिपक्षसहितका दलले सरकारलाई खबरदारी गरिरहेको अवस्था छ । जनताको आन्दोलनबाट विस्थापित भइसकेको हुकुम प्रमाङ्गीबाट अब देश र शासन व्यवस्था चलाउन खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन्न । त्यस्तो शक्तिले कुनै पनि हालतमा विजय हात पार्न सक्दैन ।

हिजो दरबार वरिपरि र राजतन्त्रको छेउछाउमा बसेकाले पूर्वराजालाई ‘ब्यानर’ बनाएर हिँडाउन खोजेको देखिन्छ । कुनै पनि हालतमा त्यस्ता गतिविधि सफल हुने र गन्तव्यमा पुग्ने कुरा होइन । संविधानबमोजिम उहाँ आमनागरिक सरह हुनुहुन्छ । पूर्वराजालाई जनताको सेवा गर्छु भन्ने लागेको छ भने अधिकार छ । यही व्यवस्थाभित्र रही राजनीतिक दल खोल्ने, चुनावमा बहुमत ल्याउने अनि प्रधानमन्त्री वा राष्ट्रपति बन्ने अवसर मिल्छ । तर कुनै वंशकै आधारमा कसैको  निगाहबाट अब देशको सर्वोच्च पदमा रहने कुरा किमार्थ दिवा सपना मात्रै हुन्छ । त्यो आपत्तिजनक छ ।

– राजकिशोर यादव, उपाध्यक्ष जनता समाजवादी पार्टी (जसपा) नेपाल
सरकार र दलहरुप्रति जनतामा केही असन्तुष्टि छ । त्यो असन्तुष्टिलाई कसैले व्यवस्थाको विरुद्ध प्रयोग गर्न खोेजिरहेको छ । सरकार र राजनीतिक दलले सेवा प्रवाहलाई सहज र सुशासन कायम गर्दै जनताको पक्षमा काम गरिएमा यस्ता गतिविधि आफैँ समाप्त हुन्छन् । नेपाली समाजको चेतना, समाजको आवश्यकता र विश्व परिस्थितिका आधारमा पछाडि फर्कन मिल्दैन ।

पूर्वराजाले वर्तमान सङ्घीय लोकतन्त्रात्मक गणतन्त्रात्मक शासन व्यवस्थाबाटै सम्मान पाइरहनुभएको छ । जनतामा देखिएको निराशाका कारण मात्र सडकमा विरोध देखिएको हो । सरकार र राजनीतिक दलले जनताका भावना बुझेर काम गर्नुपर्छ । तर अहिलेको सडकका गतिविधिबाट व्यवस्था परिवर्तन हुन्छ भनी कसैले नचिताए हुन्छ । पूर्वराजा नेपालको सम्मानित नागरिक हुनुहुन्छ । यसअघि उहाँसँग कार्यकारी अधिकारसहित अभ्यास गरेको अनुभव छ । उहाँ कसैको लहडमा अब लाग्नु हुन्न । त्यसले क्षति गराउँछ । राम्रो नतिजा दिँदैन । राष्ट्र र नागरिकको कल्याण हुँदैन ।

–मनिष झा, कार्यवाहक प्रवक्ता राष्ट्रिय स्वतन्त्र पार्टी
पूर्वराजासँग जोडिएर सडकमा भइरहेका गतिविधि सरकार र प्रमुख राजनीतिक दलको कार्यशैलीप्रतिको केही नागरिकको आक्रोश हो । सहकारीलगायतका समग्र समस्या समाधानको व्यक्ति लक्षित आरोप लगाउने र पूर्वाग्रहका  गतिविधिले पनि मलजल गरेको छ । सडकमा यस्ता गतिविधि हुँदा प्रमुख दलका नेताबाट आवाज उठनुपर्छ ।

लोकतन्त्र र गणतन्त्रको विकल्प भनेको अझ उन्नत र इमानदार अभ्याससहितको लोकतन्त्र हो । राजतन्त्र गणतन्त्रको विकल्प हुँदै होइन । पूर्वराजाले राज्य सञ्चालन गर्ने अवसर पाउनुभएकै थियो । शक्ति हातमा लिँदा गलत व्यक्ति र समूहको चङ्गुलमा पर्नुभयो । लोकतन्त्रको मर्म र सिद्धान्तभन्दा बाहिर जानुभयो । तर आफूले गलत गरेको कुरा अहिलेसम्म उहाँले स्वीकार्नु भएको छैन । पूर्वराजा संविधान र कानुनको परिधिमा बस्नुपर्छ ।

(वर्तमान राजनीति र समसामयिक विषयमा उहाँहरुले रासस प्रतिनिधिसँग गरेको कुराकानीमा आधारित सम्पादित अंश)