८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar नियमित पानी पर्न थालेपछि पहिचान गरिएका जोखिमयुक्त स्थान र विद्यालयहरुमा काठमाडौँ महानगरपालिकाको निगरानी News Polar वर्षाको जोखिमसँगै सरकारलाई सांसद श्रेष्ठको चेतावनीः ‘विपत्ति नआउँदै पूर्वतयारी गर’ News Polar विपद् प्रभावितको मर्यादा र गोपनीयता सम्मान गर्न मन्त्री वादीको आग्रह News Polar बाढी प्रभावित बालबालिकाको १८ वर्षसम्मको शिक्षा र स्वास्थ्यको जिम्मा सरकारले लिने News Polar संघीय संसद्को क्यान्टिन महँगो भएको सांसद भण्डारीको गुनासो News Polar एचपीभी खोपपछि बालिकाको स्वास्थ्यमा गम्भीर समस्या देखिएको भन्दै छानबिन र उपचार माग News Polar विपद्पछिको मानसिक स्वास्थ्य र राज्यको दायित्व News Polar अर्घाखाँचीमा ट्याक्टर ५०० मिटर तल खस्दा चालकको मृत्यु News Polar रास्वपा सांसदले सरकारलाई सोधिन्ः जेन–जी आन्दोलनमा पक्राउ परेकाहरु छोड्न कसको निर्णय कुरेको ? News Polar जेन–जी घाइते र शहीद परिवारको अवस्था सुधार्न सरकारसँग सांसद ढकालको माग News Polar प्रधानमन्त्री राहत कोषमा रु १५ अर्ब नाघ्यो News Polar घट्यो सुनचाँदीको मूल्य News Polar बैंकिङ क्षेत्रलाई ‘मुटु’ भन्दै संवेदनशील रूपमा व्यवहार गर्न सिबिफिन अध्यक्ष उपाध्यायको आग्रह News Polar आपत्कालीन हवाई उद्धारमा कानूनी जटिलता देखिनु दुःखद् : सांसद महता News Polar सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति News Polar निवारण घोषणा भएको वर्षौं बित्दा पनि कुष्ठरोग प्रभावितमाथि विभेद कायमै News Polar पहाडी क्षेत्रमा पहिरोको उच्च जोखिमः ‘घर बाहिर ननिस्कनु मात्रै समाधान होइन, पूर्वसंकेत बुझ्न जरुरी’ News Polar भन्सार अधिकृतले सशस्त्र प्रहरी एसपीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग News Polar भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि डुसान बोबक्याटद्वारा १० करोडभन्दा बढीका उपकरण सहयोग News Polar ओलीबिनाको एमाले किमार्थ सम्भव छैन : सूर्य थापा

श्रमिकको उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग

श्रमिकको उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग
अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र श्रमिकको उचित प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको छ ।

भक्तपुरको बोडेमा यही फागुन २१ र २२ गते सम्पन्न राष्ट्रिय परिषद्को भेलाको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा नेपाल ट्रेड युनियन कांग्रेसको चितवनमा सम्पन्न पाँचौँ महाधिवेशनमा नेपाल ट्रेड युनियन कांग्रेस र पार्टीबीच भएको सातबुँदे सम्झौताअनुसार कांग्रेसको वैधानिक संरचनामा श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्ने सम्झौता भएकाले सोही सम्झौतालाई कार्यान्वयन गर्न माग गरेको हो ।

उक्त सम्झौतामा कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र नेपाल ट्रेड युनियन कांग्रेसका तर्फबाट लक्ष्मणबहादुर बस्नेतले हस्ताक्षर गर्नुभएको थियो । उक्त परिषद् भेलाले बैङ्क तथा वित्तीय संस्था, सार्वजनिक सेवा क्षेत्र लागू हुने अन्य प्रतिष्ठान एवम् श्रम क्षेत्र र पर्यटन तथा होटल क्षेत्रलगायत सम्पूर्ण श्रम क्षेत्रमा पूर्ण रुपमा श्रम ऐनको कार्यान्वयनका लागि कानूनी व्यवस्था गर्न माग गरेको थियो ।

संविधानमा श्रमिकका लागि छुट्टै ‘क्लष्टर’ बनाउने व्यवस्थाका लागि राजनीतिक दल, सरकार र सरोकारवालासँग पहलकदमी लिने भेलाले निर्णय गरेको युनियनका अध्यक्ष योगेन्द्रकुमार कुँवरले जानकारी दिनुभयो । उक्त भेलाले ‘ग्रे लिस्ट’बाट नेपाललाई बाहिर ल्याउन मुलुकमा वित्तीय अनुशासन, शासकीय सुधार एवम् सुशासनयुक्त मुलुकका रुपमा पहिचान कायम गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

युनियनले ट्रेड युनियन ऐन, २०४९ लाई समयसापेक्ष पुनर्लेखन गर्नुपर्ने, सरकारबाट चिया बगान, श्रमजीवी पत्रकार र अन्य क्षेत्रका श्रमिकको ज्याला तोक्ने काम भइरहेको भन्दै त्रिपक्षीय सहमतिमा उक्त ज्याला तोक्न भेलाले सरकारको ध्यानाकर्षण गरेको छ । यसैगरी, अनौपचारिक तथा स्वरोजगार क्षेत्रका सम्पूर्ण श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गर्न मागसमेत गरेको छ ।

युनियनका महासचिव अजयकुमार राईले श्रम विवादको चाँडो निरुपण, श्रमिककको न्यायिक अधिकार एवम् पहुँच सुनिश्चित गर्न श्रम अदालतमा गठन गर्ने प्रस्ताव भेलाले पास गरेको जानकारी दिनुभयो । भेलाले नेपाली श्रमजीवीको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न र रोजगारीलाई मर्यादित एवं व्यवस्थित गर्न देशभरका ७५३ वटै स्थानीय तहमा श्रम तथा रोजगार केन्द्र स्थापना गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

मुलुक सङ्घीयतामा गएको लामो समय भइसक्दा पनि सङ्घीय निजामती ऐन, शिक्षा ऐन र स्वास्थ्य ऐनलगायतका ऐन संसद्बाट पास हुन नसकेको भन्दै उक्त ऐनलाई चाँडो छलफल र परामर्श गरी पास गर्न सरकारसँग माग गरेको छ । नेपालमा श्रम अधिकारको संरक्षण तथा श्रम कानुनको प्रभावकारी कार्यान्वयनका लागि श्रम कार्यालय विस्तार गर्न, श्रम प्रशासनको संस्थागत क्षमता वृद्धि गर्न एवम् श्रम अडिट र श्रम निरीक्षण प्रणालीलाई नियमित एवम् प्रभावकारी तुल्याउन भेलाले माग गरेको छ ।

दुईदिने भेलाले श्रमिकको काम गरेको पारिश्रमिक समयमा उपलब्ध गराउनुपर्ने, बन्द रहेका उद्योगलाई पुनः सञ्चालन गर्ने वातावरण निर्माण गर्नुपर्ने, स्वदेश तथा विदेशमा कार्यरत श्रमिकलाई कार्यस्थलबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गरेको छ ।

मुलुकभर चार लाख ५३ हजारभन्दा बढी सदस्य रहेको उक्त युनियनमा देशभरका २७ राष्ट्रिय आबद्ध सङ्घ, सातवटै प्रदेश सङ्घ, ७७ वटै जिल्ला सङ्घका अध्यक्षसहित ४५० पार्षद् र ५० पर्यवेक्षक गरी ५०० पार्षद्को सहभागिता रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।