काठमाडौं । काठमाडौंमा भएको राजावादीको प्रदर्शनमा भारतीय मुख्यमन्त्री योगि आदित्यनाथको पनि तस्बिर देखिएको छ ।
प्रदर्शनका क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको पनि तस्बिर देखिएको हो ।
प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर ज्ञानेन्द्र शाहको तस्बिर राखिएको थियो ।
गत माघ १७ गते पूर्व राजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए । त्यहाँ उनले उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए ।
नेपाल हिन्दूराष्ट्र हुनुपर्ने माग राख्दै आएका आदित्यनाथसँगको भेटपछि नेपालमा राजावादी सक्रिय हुनुका साथै प्रदर्शनमा आदित्यनाथको तस्बिर नै प्रयोग भएपछि चासोको विषय बनेको छ ।
राजनीतिक दलका नेताहरूले भारतीय उक्साहटमा नै यो प्रदर्शन भएको आरोप लगाइरहेका छन् भने कतिपयले प्रदर्शनका लागि भारतले ठुलो रकम लगानी नै गरेको आरोप समेत लगाएका छन् ।










