एजेन्सी । करिब २७ वर्षअघि पहिलो पटक च्याम्पियन्स ट्रफी खेलिएको थियो । तर, त्यतिबेला यो प्रतियोगितालाई आईसीसी नकआउट ट्रफी भनेर चिनिन्थ्यो ।
यसपछि आईसीसी नकआउट ट्रफीको नाम बदलेर आईसीसी च्याम्पियन्स ट्रफी राखियो । के तपाईलाई थाहा छ पहिलो पटक च्याम्पियन्स ट्रफी जित्ने टोलीले कति पुरस्कार प्राप्त गर्यो ? आईसीसी नकआउट ट्रफी १९९८ मा दक्षिण अफ्रिकाले जितेको थियो ।
त्यसबेला दक्षिण अफ्रिकी टोलीले १० लाख डलर पुरस्कार पाएको थियो । यो रकम नेपाली रुपैयाँमा करिब १०.४ करोड रुपैयाँ हो ।
यसपटक च्याम्पियन्स ट्रफीको उपाधि जित्ने टोलीले ३१ करोड २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यसैगरी उपविजेताले १५ करोड रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।
च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार पौने तीन बजे सुरु हुनेछ ।










