८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’

‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’
अ अ+ अ-

काठमाडौं । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारहरूको हकहित संरक्षण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

मधेस प्रदेश सरकारले अध्यादेशमार्फत मधेस प्रदेश आमसञ्चार विधेयक ल्याउन लागेको भन्दै ज्ञापनपत्र बुझाउन पुगेका सञ्चारकर्मीसँगको छलफलमा उहाँले पत्रकारलाई अहित हुने गरी प्रदेश सरकारले कुनै विधेयक नल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

केही विज्ञ र सञ्चारकर्मीसँगको सुझावका आधारमा विधेयकको प्रारम्भिक मस्यौदा तयार गरिएको जनाउँदै मन्त्री महतोले नेपाल पत्रकार महासङ्घका प्रदेश समिति र आठवटै जिल्ला शाखा, सञ्चार विज्ञहरूलगायत सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेपछि मात्र प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ मधेस प्रदेश समितिका सचिवको नेतृत्वमा गएको टोलीले मन्त्री महतोलाई ज्ञापनपत्र बुझाउँदै पर्याप्त सार्वजनिक बहस र सरोकार भएका निकायसँग परामर्श नगरी विधेयक अघि नबढाउन मन्त्रीसँग आग्रह गरेको थियो ।

प्रदेश सरकारद्वारा प्रस्तावित ‘प्रदेश आमसञ्चार विधेयक’मा हाल कार्यान्यवनमा रहेको प्रदेश सञ्चारसम्बन्धी कानुन प्रतिस्थापन गर्नुको साथै आमसञ्चार प्राधिकरण, मिडिया काउन्सिल र चलचित्र तथा लोकप्रवर्द्धन विकास बोर्ड जस्ता स्वायत्त निकायको संरचना परिवर्तन गरी एउटै संरचना बनाउने प्रस्ताव गरिएको भन्दै महासङ्घले प्रदेश सरकारको ध्यानाकर्णष गराएको हो ।