१२ भाद्र २०८३, शुक्रबार
,
Latest
मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो परिणाम विहिन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौं,के गर्न सकिन्छ मैदानमा नै जनताले अनुभूति गर्नेगरी गरौं अप्पर त्रिशूली हाइड्रोपावरको टनेलमा फसेका ३५० सहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता आज जनैपूर्णिमा पर्व मनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन



अ+ अ-

काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा भएको झडप र सुरक्षाकर्मीको गोली लागि एक युवकको मृत्यु भएको घटनालाई लिएर जनकपुरधाममा विरोध प्रदर्शन गरिएको छ ।

सोमवार जनकपुरधामको रामानन्द चोकमा भेला भएका हिन्दुवादी समूहहरूले उक्त घटनाको विरोधमा प्रदर्शन गरेका हुन्

सुनसरीको कप्तानगञ्जमा आईतवार राति दुई समूहबीच उत्पन्न झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । सोही घटनामा परी अन्य नौ जना घाइते भएका छन् ।

प्रहरीको गोलीबाट युवकको मृत्यु भएपछि आक्रोशित बनेका प्रदर्शनकारीहरूले घटनाको विरोध गर्दै जनकपुरधाममा पनि प्रदर्शन गरेका हुन् । –न्युज एजेन्सी नेपाल