११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माण सुरु भएको छ: गृहमन्त्री लेखक



अ+ अ-

बझाङ । गृहमन्त्री रमेश लेखकले भूकम्प प्रभावित क्षेत्रमा निजी आवासको पुनःनिर्माण कार्य सुरु भएको बताउनुभएको छ ।

बझाङमा भूकम्पीय पुनःनिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाइ कार्यालय उद्घाटनमा गर्दै आज उहाँले भूकम्पले प्रभावित भएका जिल्लामा पुनःनिर्माणका लागि मापदण्ड, नियमावलीसँगै आवश्यक बजेटको व्यवस्था गरी जिल्ला कार्यालयबाटै निर्माण कार्यको थालनी भएको बताउनुभयो । “निजी आवास पुनःनिर्माणको कार्यसँगै सरकारी भवनको पुनःनिर्माणका लागि कार्यान्वयन इकाइले नै समन्वय गर्नेछ”, गृहमन्त्री लेखकले भन्नुभयो ।

उहाँले निजी आवास पुनःनिर्माण कार्यमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको भन्दै स्थानीय तहले जति चाँडै लाभग्राही पहिचान तथा छनोट गरी सिफारीस गर्यो त्यति चाँडो पुनःनिर्माण कार्य सुरु हुने बताउनुभयो ।

गृहमन्त्री लेखकले भूकम्पलगायत विपद् प्रभावितको पुनःस्थापना सरकारको प्राथमिकतामा रहेको र विकासका सवालमा सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।