२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
२० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास विरोधीले पाथीभरा केबलकार निर्माणको विरोध गरिरहेका छन्ः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विकास विरोधीहरुलाई चिन्ने बेला आएको बताउनुभएको छ ।

बिहीवार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पाथीभरा केबलकारको निर्माणमा अवरोध गर्नेहरु विकास बिरोधी भएको बताउनु भयो । उहाँले पाथीभरा केबलकार विकासको एउटा चरण भएको भन्दै यसको बिरोधमा स्थानीयहरु भन्दा अरु नै लागेको बताउनु भयो । उहाँले विषय एकातिर तर अर्को विषय झिकेर बिरोध गरिरहेको भन्दै स्थानीयहरुले विकास निर्माणका कामलाई साथ दिनुपर्ने बताउनु भयो । उहाँले मनकानमा केबलकारको उदाहरण दिँदै मनकामना केबलकार सञ्चालने धार्मिक आस्था, सम्पदा मास्ने काम नगरेको बरु पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय बिस्तार गरेको दाबी गर्नुभयो । विकासका कार्यक्रमहरुले स्थानीय समुदायहरु नै लाभान्वित हुने भएकाले स्थनीयले स्वागत गर्नुपर्ने बताउनु भयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘मनकामना जान पाँच घण्टा, ६ घण्टा हिँडेर जानुपर्ने हुन्थ्यो । आज मनकामना १५ मिनेटमा पुगिन्छ । त्यहाँको बजार, व्यापार अघि बढेको छ । हजारौँ मानिस त्यहाँ पुगेका छन् । नेपालको टुरिजम अघि बढेको छ । यसले कसलाई नोक्शान भएको छ ? स्थानीयलाई छ ? त्यस्तै आज पाथीभरामा, पाथीभराको कुनै धार्मिक संस्कार, सम्पदा मास्न खोजिएको छैन । कोही अधर्मी हुन सक्दैन । तर आज जुन हिसावले आज जे खालको गतिविधि भइरहेको छ ?त्यो सुहाउने किसिमको छ ?विषयवस्तु एकातिर छ । अनि एकथरी अर्को कुरा गरेर हिँडिरहेका छन् । अब हामीले देशमा विकास गर्ने को र विकास बिरोधी को हो भन्नेकुरा बुझ्नुपर्ने बेला भएको छ । जनताले यो कुरा बुझ्नैपर्छ । साना स्थानीय समस्याहरु बसेर छलफल गर्न सकिन्छ । विकासका कामलाई हामी स्थानीयले स्वागत गर्नुपर्छ । किनभने त्यसबाट स्थानीयहरु नै लाभान्वित हुन्छौँ । कसैको स्वार्थका लागि हामी लाग्नु हुँदैन । खुलेर सहयोग गर्नुपर्छ ।’

मन्त्री भण्डारीले अहिले देशको मुख्य चुनौति दक्ष श्रमशक्तिलाई मुलुकको विकास निर्माण र समृद्धिमा लगाउनु रहेको बताउनु भयो । उहाँले देश विकास, समृद्धि र मुलुकको आर्थिक क्रियाकलापमा दक्ष जनशक्तिलाई जोड्न जरुरी रहेको बताउनु भयो । त्यसलाई ध्यान दिएर सरकारले फागुन २६ र २७ गते श्रम तथा रोजगार राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको बताउनु भयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘अहिले देशको चुनौति के छ भने दक्ष श्रमशक्तिलाई हामीले हाम्रो मुलुकमा ल्याएर देश विकास, समृद्धि र मुलुकको आर्थिक क्रियाकलापमा कसरी जोड्नसक्छौँ । त्यो सबैभन्दा महत्वपूर्ण विषय हो । त्यसलाई ध्यान दिएर सम्माननीय प्रधानमन्त्रीज्युको निर्देशनमा अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी २६ र २७ गते आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अगाडि बढाइरहेका छौँ । उद्यमशिलताको आधारमा उत्पादनलाई वृद्धि गरेर रोजगार सिर्जना गर्ने उद्देश्यका साथ २६ र २७ गते सरकारले श्रम तथा रोजगार राष्ट्रिय सम्मेलन आयोजना गरेका छौँ । त्यसमा सम्पूर्ण सरोकारवालाहरु सहभागी हुनुहुनेछ । मुलुकको रोजगारका सम्भावना के र कहाँ छन् भन्नेबारेमा योजना बनाउनेछौँ ।’

मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी २६ र २७ गते आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अघि बढ्ने गरी सम्मेलनको आायेजना गरेको बताउनु भयो ।