२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकास विरोधीले पाथीभरा केबलकार निर्माणको विरोध गरिरहेका छन्ः मन्त्री भण्डारी



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विकास विरोधीहरुलाई चिन्ने बेला आएको बताउनुभएको छ ।

बिहीवार महोत्तरीमा ‘नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिज प्रा.लि.’ ले सञ्चालनमा ल्याएको कागज कारखानाको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पाथीभरा केबलकारको निर्माणमा अवरोध गर्नेहरु विकास बिरोधी भएको बताउनु भयो । उहाँले पाथीभरा केबलकार विकासको एउटा चरण भएको भन्दै यसको बिरोधमा स्थानीयहरु भन्दा अरु नै लागेको बताउनु भयो । उहाँले विषय एकातिर तर अर्को विषय झिकेर बिरोध गरिरहेको भन्दै स्थानीयहरुले विकास निर्माणका कामलाई साथ दिनुपर्ने बताउनु भयो । उहाँले मनकानमा केबलकारको उदाहरण दिँदै मनकामना केबलकार सञ्चालने धार्मिक आस्था, सम्पदा मास्ने काम नगरेको बरु पर्यटन प्रवद्र्धन, व्यापार व्यवसाय बिस्तार गरेको दाबी गर्नुभयो । विकासका कार्यक्रमहरुले स्थानीय समुदायहरु नै लाभान्वित हुने भएकाले स्थनीयले स्वागत गर्नुपर्ने बताउनु भयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘मनकामना जान पाँच घण्टा, ६ घण्टा हिँडेर जानुपर्ने हुन्थ्यो । आज मनकामना १५ मिनेटमा पुगिन्छ । त्यहाँको बजार, व्यापार अघि बढेको छ । हजारौँ मानिस त्यहाँ पुगेका छन् । नेपालको टुरिजम अघि बढेको छ । यसले कसलाई नोक्शान भएको छ ? स्थानीयलाई छ ? त्यस्तै आज पाथीभरामा, पाथीभराको कुनै धार्मिक संस्कार, सम्पदा मास्न खोजिएको छैन । कोही अधर्मी हुन सक्दैन । तर आज जुन हिसावले आज जे खालको गतिविधि भइरहेको छ ?त्यो सुहाउने किसिमको छ ?विषयवस्तु एकातिर छ । अनि एकथरी अर्को कुरा गरेर हिँडिरहेका छन् । अब हामीले देशमा विकास गर्ने को र विकास बिरोधी को हो भन्नेकुरा बुझ्नुपर्ने बेला भएको छ । जनताले यो कुरा बुझ्नैपर्छ । साना स्थानीय समस्याहरु बसेर छलफल गर्न सकिन्छ । विकासका कामलाई हामी स्थानीयले स्वागत गर्नुपर्छ । किनभने त्यसबाट स्थानीयहरु नै लाभान्वित हुन्छौँ । कसैको स्वार्थका लागि हामी लाग्नु हुँदैन । खुलेर सहयोग गर्नुपर्छ ।’

मन्त्री भण्डारीले अहिले देशको मुख्य चुनौति दक्ष श्रमशक्तिलाई मुलुकको विकास निर्माण र समृद्धिमा लगाउनु रहेको बताउनु भयो । उहाँले देश विकास, समृद्धि र मुलुकको आर्थिक क्रियाकलापमा दक्ष जनशक्तिलाई जोड्न जरुरी रहेको बताउनु भयो । त्यसलाई ध्यान दिएर सरकारले फागुन २६ र २७ गते श्रम तथा रोजगार राष्ट्रिय सम्मेलन आयोजना गरिरहेको बताउनु भयो ।

मन्त्री भण्डारीले भन्नुभयो, ‘अहिले देशको चुनौति के छ भने दक्ष श्रमशक्तिलाई हामीले हाम्रो मुलुकमा ल्याएर देश विकास, समृद्धि र मुलुकको आर्थिक क्रियाकलापमा कसरी जोड्नसक्छौँ । त्यो सबैभन्दा महत्वपूर्ण विषय हो । त्यसलाई ध्यान दिएर सम्माननीय प्रधानमन्त्रीज्युको निर्देशनमा अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी २६ र २७ गते आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अगाडि बढाइरहेका छौँ । उद्यमशिलताको आधारमा उत्पादनलाई वृद्धि गरेर रोजगार सिर्जना गर्ने उद्देश्यका साथ २६ र २७ गते सरकारले श्रम तथा रोजगार राष्ट्रिय सम्मेलन आयोजना गरेका छौँ । त्यसमा सम्पूर्ण सरोकारवालाहरु सहभागी हुनुहुनेछ । मुलुकको रोजगारका सम्भावना के र कहाँ छन् भन्नेबारेमा योजना बनाउनेछौँ ।’

मन्त्री भण्डारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी २६ र २७ गते आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अघि बढ्ने गरी सम्मेलनको आायेजना गरेको बताउनु भयो ।