२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस बलियो भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छः सभापति देउवा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुने बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल भुतपूर्व सैनिक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले नेपाल भुतपूर्व सैनिक संघमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताउनु भयो । उहाँले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराउनु भयो । उहाँले गोरखा भर्तीका समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले प्रजातन्त्र स्थापना र पुनःस्थापना एवं नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भुतपूर्व सैनिकहरुले पु¥याउनुभएको योगदान महत्वपूर्ण रहेको बताउनु भयो ।

सभापति देउवाले भन्नुभयो, ‘नेपाल भुतपूर्व सैनिक संघमा साथीहरुको समस्या नभएको होइन । यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कुटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । नेपाली भुपू सैनिकमा पेन्सनको जुन विभेद छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ । लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ । सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली काँग्रेस पार्टी बलियो हुन्छ । नेपाली काँग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।’

सभापति देउवालेसबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो नेपाली काँग्रेस पार्टी बलियो हुने जिकिर गर्नुभयो । नेपाली काँग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्ने बताउनु भयो ।