२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः पिएसजीलाई लिभरपुलले हरायो, १० खेलाडीमा समेटिएको बार्सिलोनाको बेन्फिकामाथि साँघुरो जित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले जित निकालेको छ । गएराति भएको अन्तिम १६ को पहिलो लेगमा लिभरपुलले फ्रेन्च क्लब पिएसजीलाई उसकै घरेलु मैदानमा १–० गोलले हराएको हो ।

लिभरपुलको जितमा एकमात्र निर्णायक गोल खेलको ८७ औं मिनेटमा हार्भी इलिओटले गरे । पूरा खेलभर पिएसजीले दबाबमा राखेपनि खेलमा जित भने लिभरपुलको भयो ।

पिएसजीले लिभरपुलको पोस्टमा २७ पटक प्रहार गरेको थियो जसमध्ये १० वटा टार्गेट मै थियो । तर, लिभरपुलका गोलरक्षक एलिसन बेकरले सानदार बचाउ गर्दै गोल हुन दिएनन् । अब दोस्रो लेग मार्च १२ मा लिभरपुलको घरेलु मैदानमा हुनेछ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा स्पेनीस क्लब बार्सिलोनाले पोर्चुगिज क्लब बेन्फिकालाई १–० गोलले हरायो । पाहुना टोलिको जितमा एकमात्र निर्णायक गोल राफिन्हाले गरे । उनले खेलको ६१ औं मिनेटमा गोल गरे ।

खेलको २२ औं मिनेटमा बार्सिलोनाका डिफेन्डर पाउ कुबार्सीले रातो कार्ड खाएपछि बार्सिलोना १० खेलाडीमा समेटिएको थियो ।

तर, बेन्फिकाले त्यसको फाइदा उठाउन सकेन । अब दोस्रो लेग मार्च १२ मा बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।