६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स ट्रफीः रचिनपछि विलियम्सन पनि शतक बनाएर आउट भए



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकाविरुद्ध टस जितेर ब्याटिङ गरिरहेको छ । ४२ ओभरपछि न्युजिल्यान्ड २६१–४ को अवस्थामा छ । डेरिल मिचेल र ग्लेन फिलिप्स क्रिजमा छन् ।

टोलिका लागि रचिन रविन्द्र र केन विलियम्सनले शतक प्रहार गरे । टम लाथम (४ रन)लाई कागिसो रबाडाले बोल्ड गरे । उनले रचिन (१०८ रन) लाई पनि आउट गरे ।

विलियम्सन (१०२ रन) लाई वेन मुल्डरले लुंगी एनगिडीको हातमा क्याच आउट बनाए । विल योङ (२१ रन) लाई लुंगी एनगिडीले प्याभिलियन पठाए ।

यो खेल जित्ने टोलीले मार्च ९ मा दुबईमा भारतसँग फाइनल खेल खेल्नेछ ।