
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अघिल्लो पुष्पकमल दाहाल नेतृत्वको सरकारको कारणले नेपाल ग्रे लिष्टमा परेको बताउनुभएको छ ।
मंगलवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलनमा बोल्दै मन्त्रि गुरुङले नेपाल गरे लिस्टमा पर्नुमा अघिल्लो सरकार जिम्मेवार रहेको बताउनु भयो ।
अघिल्लो सरकार भ्रष्ट भएको र अनिवार्य गर्नुपर्ने कानूनी सुधारको काम नगरेर नेपाल ग्रे लिस्टमा परेको आरोप लगाउनु भयो । एपिजी एशिया÷प्रशान्त क्षेत्रका सम्पती शुद्धीकरण सम्बन्धी काम गर्ने अन्तरसरकारी समूहले दिएको प्रतिवेदनले आंैल्याएको काम नगर्दा ग्रे लिस्टमा परेको बताउनु भयो । अब १ वर्ष भित्र ग्रे लिस्टबाट बाहिर निस्कने गरी सुधारको काम गर्ने बताउनु भयो । प्रतिपक्षमा पुगेर वर्तमान सरकारलाई गालि गरेपनि नेपाल सम्पती शुद्धिकरणको ग्रे लिस्टमा परेको नैतिक जिम्मेवारी नेतृत्वको सरकारले लिनुपर्ने बताउनु भयो ।
अब ग्रे लिस्टबाट बाहिर निस्कन आवश्यक सबै नीतिगत कानूनी र कार्यान्वयनमा सुधार गरेर कार्य सम्पादन हुने मन्त्री गुरुङले बताउनु भयो । योजनावद्ध रुपमा काम गरेर ग्रे लिस्ट बाहिर आउने बताउनु भयो ।