२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छः राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डोर्याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्याउन सकेमात्र व्यववस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको विकास र प्रगतिको लक्ष्य हासिल गर्न सकिने स्पष्ट पार्नुभयो ।

उहाँले राजनीतिको केन्द्र सदैव जनता हुनुपर्ने भन्दै त्यसका लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुने गरी उनीहरुको घरदैलोमा पुर्याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले महेन्द्र नारायण निधिजस्ता नेताहरूको लोकतन्त्रप्रतिकोे निरन्तर संघर्ष, त्याग र निष्ठाले नै आज हामी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको बताउनुभयो । राष्ट्रपति पौडेलले निधिजीका आदर्श राजनीति, सिद्धान्तप्रतिको निष्ठा तथा सादगी जीवन शैली प्रेरणादायी भएको बताउदै पाँच दशक अहिंसा, शान्ति, लोकतन्त्र र सर्वसाधारण नागरिकसँग रहेर समुदायबीच सद्भाव तथा सामाजिक न्यायका पक्षमा निधिले गर्नुभएको काम हामी सबैका लागि सँंधै प्रेरणाको स्रोतका रुपमा रहिरहने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा आफूलाई सँधै समर्पित गर्ने नरेन्द्र प्रसाद मिश्र र शमा शाहीलाई पुरस्कृत गरिएको थियो ।