२१ मंसिर २०८२, आईतवार
,
Latest
नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प जनार्दनलाई गृह जिल्लामै कालोझन्डा अध्यक्ष अग्रवालको प्रश्नः सरकार निजी क्षेत्रको साथमा छ भन्नुहुन्छ, यो सरकारको आयु कति हो ? पश्चिमी मङ्गोलियामा अत्याधिक चिसो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासको गति तिब्र पारेका छौँः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही भएको छैन भन्नेकुरा गलत भएको भन्दै अझै धेरै कुरा गर्न बाँकी रहेको कुरा स्वीकार गर्नुपर्ने बताउनु भयो । उहाँले आफू यसअघि ३ वर्ष प्रधानमन्त्री बन्दा असाधारण परिवर्तन गरेको तर त्यसपछि बनेका सरकारहरुले काम अघि नबढाउँदा विकास अघि बढ्न नसकेको बताउनु भयो । उहाँले दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरु अघि बढाउनु रहेको बताउनु भयो । देशमा सुशासन र विकासको गति तिब्र बनाउन सरकारले काम गरिरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ । केही भएको छ । म दावाका साथ भन्छु तीन वर्ष म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो । त्यो प्रगतिलाई बीचको तीन वर्षले धान्न सकेन । फेरि हामी त्यही नधानिएको हुनाले अहिले नेपाली काँग्रेस र नेकपा एमाले दुई वटा सबैभन्दा ठूला पार्टीहरु मिलेर, देश धेरै अफ्ठ्यारोमा प¥यो यो बीचमा । देशलाई अधोगतितिर होइन, यसलाई सुशासन र विकासको बाटोमा अगाडि लैजानुपर्छ भनेर सरकार बनाएका छौँ । यो विकास र सुशासन भनेको के हो भन्दा शिक्षा, स्वास्थ्यमा विकास, पूर्वाधारमा विकास, बिजुलीमा विकास, सञ्चारमा विकास यि सबै कुरामा विकास हुनुपर्छ । विज्ञान प्रविधिले गरेका उपलब्धीहरु सबै नेपाली जनताले पाउने ल्याकतमा हुनुपर्छ । २० प्रतिशत जनता अहिले पनि गरिबीको रेखामुनि छन् ।’

प्रधानमन्त्री ओलीले नेपाली बालबालिकाहरु मुस्कुराएको आफूहरले हेर्न चाहेको बताउनु भयो ।