२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस-माओवादी सरकार भएको बेला अर्थमन्त्रीको हैसियतमा मैले एमसिसीमा हस्ताक्षर गरेको हुँः ज्ञानेन्द्रबहादुर कार्की



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार बनेको बेलामा हस्ताक्षर गरिएको बताउनुभएको छ ।

अर्थ समितिको आईतवारको बैठकमा उहाँले केही दिनअघि एक जना सांसदले कसको पालामा हस्ताक्षर भएको हो भन्दै प्रश्न गरेको भन्दै आफू अर्थमन्त्री रहेको समयमा माओवादी र काँग्रेसको संयुक्त सरकारको तर्फबाट आफूले हस्ताक्षर गरेको बताउनुभएको हो ।

समितिको अघिल्लो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कसको पालामा हस्ताक्षर भएको भन्दै प्रश्न गर्नुभएको थियो । सोही प्रश्नको जवाफ दिँदै उहाँले एमसिसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल सबैले एमसिसी परियोजना अघि बढाएको बताउनु भयो । सरकारको नेतृत्व गर्नेहरु सबैले एमसिसी परियोजना अघि बढाएको भन्दै संसदबाट एमसिसी अनुमोदन भएको बताउनु भयो । यसबारेमा छुट्टै समीक्षा गर्न सकिने उहाँको भनाइ छ । अमेरिकाले अन्तर्राष्ट्रिय जगतमा दिने अनुदानहरुको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्नुभएको कुरामा गम्भीर भएर छलफल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एक जना मान्यज्युले यहाँ बोल्नुभयो । एकदम भाइरल बनेर आएको छ । एमसिसीको बारेमा बोल्नुभयो । एमसिसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल जसले जसले सरकारको नेतृत्व गर्नुभयो, सबैले एमसिसी अघि बढाउनुभएको थियो । एमसिसीको कसले सही गरेको भन्नुभयो । मैले सही गरेको हो । तर संयोगले सही गर्दा माओवादी र हाम्रो संयुक्त सरकार थियो । अनि त्यसलाई अनुमोदन संसदले गरेको हो । यि सबै विषयलाई कसरी प्रश्तुत गर्ने, समीक्षा गर्ने त्यसको पनि समीक्षा गरौँला । अमेरिकाको राष्ट्रपतिले के सन्दर्भमा भनेका छन्, त्यो सन्दर्भका निमित्त पनि हामीले गम्भीर भएरै छलफल गर्नुपर्छ । अन्तर्राष्ट्रिय जगतमा दिने एडको सन्दर्भमा अमेरिकन सरकारले जे किसिमको नीति बनाउँछ, सिनटेले त्यसबाट पारित भएका कुराहरुअनुसार नै अघि बढ्ला ।’

उहाँले भन्सारसम्बन्धी कानूनमा भइरहेको छलफललाई नै निरन्तरता दिने हो भने कार्यकालभर छलफलमा मात्रै सिमित हुने स्थिति बनेको बताउनु भयो ।