१३ श्रावण २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पौडेल



अ+ अ-

काठमाडौं । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले इन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।

जसको उपाध्यक्षमा इतराज गुरुङ र रज्जिता शर्मा निर्वाचित हुनुभएको छ । त्यस्तै महासचिवमा आश गुरुङ निर्वाचित हुनुभएको छ । सचिवहरू गौरव त्रिपाठी, गोपाल जीटी, सिर्जना बराल, बालकृष्ण सुवेदी र दिलबहादुर बिक निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष मदन तिमल्सिना चुनिनु भएको छ ।

संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गर्नुभएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतम लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।