१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको प्रतिष्ठित ‘टोरिनो ल्याब’मा चलचित्र ‘होरी’ छनोट



अ+ अ-

काठमाडौं । विश्वको प्रतिष्ठित फिल्म डेभलभमेन्ट ल्याब टोरिनो फिल्म ल्याबमा नेपाली चलचित्र ‘होरी’ समावेश भएको छ। कोभिड– १९ को महामारीका बेला भौतिक रुपमा ल्याब सञ्चालन गर्ने अवस्था नभए पछि ‘टोरिनो फिल्म ल्याब’ले अनलाइन ल्याब संचालन गर्ने घोषणा गरेको थियो। दक्षिण एशियाबाट भारतको एक चलचित्र र नेपालको ‘होरी’ छानिएको हो।यसै महिना सेप्टेम्बर १४ बाट सञ्चालन हुने ल्याबमा विश्वभरीबाट १२ चलचित्र प्रोजेक्ट छानिएका छन्।  अरुणदेव जोशीको निर्देशन र पटकथामा बन्न लागेको होरी चलचित्रमा माओवादी द्वन्द्वको समयको कथामा आधारित छ।  

चलचित्र मुख्य डोटेली भाषामा रहने र सुदूर पश्चिमको दार्चुलामा छायांकन गरिने निर्माता सरोज शर्मा सापकोटा बताए।  निर्माता सरोज शर्मा सापकोटा अनुसार चलचित्रको नाम ‘होरी’ डोटेली भाषाबाटै लिइएको हो। चलचित्र ‘होरी’ मुख्य रुपमा डोटेली भाषामा हुने छ। होली पर्वलाई डोटेली भाषामा ‘होरी’ भनिन्छ।निर्देशक जोशीले ‘ल्याबमा छनोट हुनु नै अवसरको ढोका खोलिनु  भएकाे बताउनु भयाे ।  विश्व चलचित्रको बजारमा उपस्थिति देखाउन ल्याब एकदमै राम्रो स्थान मानिन्छ।’  

निर्माता  सापकोटाले  एसियाका फिल्म मेकरलाई लगानीकर्ता खोज्ने ‘टोरिनो ल्याब’ महत्वपूर्ण प्लेटफर्म रहँदै आएको बताउनुभयाे । ‘ल्याबमा नेपालबाट कमै  प्रोजक्ट छनोट हुन्छ। होरी यस वर्ष छनोट भएको छ।  ‘यसले लगानी कर्ता भेट्टाउनमा मद्दतगर्ला भन्ने अपेक्षा लिएका छौं’, सापकोटाले भने।  ‘होरी’ चलचित्र यस अघि पनि युरोपियन फिल्म डेभलप्मेन्ट ल्याब ‘लिम’ मा सहभागी भइसकेको छ।