२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
समस्याग्रस्त हाम्रो नयाँ कृषी र कृषी विकास सहकारीका १३२ ऋणीको नाम सार्वजनिक नगद वितरणले मात्रै गरिबी नघट्ने, आयआर्जनमुखी कार्यक्रमलाई प्राथमिकता : अर्थमन्त्री वाग्ले बजेट प्रक्रिया अगाडि बढाउन श्रम संस्कृति पार्टी लचक, विरोध भने जारी रहने आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनीः तपाईंका काण्डहरू थाहा नभएको हो र ? ति पनि… विश्वकपका खेल अनधिकृत रूपमा प्रसारण गर्ने ३५ वेबसाइट र एपमाथि रोक समतालाई केन्द्रमा राखेर बजेट ल्याएको अर्थमन्त्री वाग्लेको दाबी प्रतिपक्षको आन्दोलन यथावत छ, बजेटका लागि मात्र सहजीकरण गरिएको होः सांसद राजेन्द्र राई मल अभाव हुन नदिन सरकार तत्पर छः मन्त्री चौधरी वैध सम्पत्ति देखाउन नडराउनुस्, गलत कमाइ गर्ने मात्रै डराउँछन् : आयोग अध्यक्ष भण्डारी दाँतको उपचारका लागि पूर्वप्रधानमन्त्री ओली शिक्षण अस्पतालमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा बेलुन पड्किएको घटनाः गृहले बनायो विज्ञसहित ८ सदस्यीय छानबिन समिति



अ+ अ-

काठमाडौँ । गृह मन्त्रालयले शनिबार पोखरामा प्रज्ज्वलनशील बेलुन बिस्फोट भई उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य घाइते भएको घटनामा छानबिन समिति बनाएको छ ।

गृहले आइतबार आठ सदस्यीय छानबिन समिति गठन गरेको हो । जसमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय समिति गठन भएको छ ।

समितिमा चार वटै सुरक्षा निकायका जिल्ला प्रमुख, विष्फोटक पदार्थ सम्बन्धि विज्ञ सम्मिलित रहेका छन् । त्यस्तै सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई सदस्य सचिवसमेत तोकिएको छ ।

घटना कसरी भयो भनेर स्थलगत छानबिन, दोहोरिन नदिन के–कस्तो उपाय अपानाउनुपर्ने विषयमा विस्तृत छानबिन गरी सुझाव पेश गर्न गृहमन्त्री रमेश लेखकले समिति सदस्यहरूलाई निर्देशन दिएका छन् । उक्त समितिले आजैदेखि काम समेत थालिसकेको छ । प्रतिवेदन १५ दिनभित्र पेस गर्न भनिएको छ ।

शनिबार पोखरा भ्रमण वर्षको उद्घाटन समारोहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य कार्यक्रमको उद्घाटन गर्नेक्रममा नजिकै रहेको प्रज्ज्वलनशील रसायन भरिएको बेलुनमा स्पार्किङ लाइटले छोएपछि विस्फोट हुँदा पौडेल र आचार्य घाइते भएका थिए । हाल दुबै जनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।




भर्खरै