२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने

प्रजातन्त्रको ७५ वर्षमा ‘साल सालको कथा’  सार्वजनिक

प्रजातन्त्रको ७५ वर्षमा ‘साल सालको कथा’  सार्वजनिक
अ अ+ अ-

काठमाडौं:  नेपालमा प्रजातन्त्र आगमनको ७५ वर्षको पूर्वसन्ध्यामा त्यही सन्दर्भ समेटिएको पुस्तक ‘सात सालको कथा’  लोकार्पण गरिएको छ । भारतीय लेखक फणीश्वरनाथ रेणुले हिन्दीमा लेखेको ‘नेपाली क्रान्ति–कथा’लाई तुलसी भट्टराईको अनुवादमा पब्लिकेसन नेपालयले ‘सात सालको कथा’  का रुपमा बजारमा ल्याएको हो ।

१०४ वर्ष पहिले भारतको बिहारमा जन्मेका लेखक फणीश्वरनाथ रेणु १०४ वर्ष लामो राणाशासन विरुद्धको नेपाली क्रान्तिमा सक्रिय सहभागी भएका थिए । त्यही आन्दोलनमा सहभागी भएर उनले रिपोर्ताज शैलीमा पुस्तक नै लेखे । विराटनगरकै राजनीतिशास्त्री तथा रेणु अध्येता भास्कर गौतमले ‘सात सालको कथा’  पुस्तक लोकार्पण गर्दै रेणु यो देश र त्यो देश भनेर नछुट्याउने उदार मानवीय लेखक भएको बताए ।

‘रेणुका हरेक सृजनामा मानवता र मुक्त अस्तित्व प्रखर रुपमा आएको हुन्छ,’ गौतमले भने, ‘माथि चुरेदेखि तल गंगासम्मको जनजीवन, प्रकृति र संस्कृतिलाई उनी साझा रुपमा हेर्ने दलीय–देशीय सोचभन्दा माथि उठेका लेखक हुन् ।’

‘सात सालको कथा’  पुस्तकले नेपाली लोकतन्त्रलाई अझ जीवन्त बनाउन भूमिका खेल्ने पनि गौतमले बताए ।

पुस्तकका अनुवादक तुलसी भट्टराईले रेणुको व्यापकता एउटा भाषा वा संस्कृतिको ज्ञानबाट मात्र बुझ्न नसकिने बताए । ‘नेपाली क्रान्ति–कथाले स्वतन्त्रता आन्दोलनको सजीव चित्र प्रस्तुत गरेकाले २५ वर्षअघि नै अनुवाद गर्दै छापेको थिएँ,’ अनुवादक भट्टराईले भने, ‘रेणु र बीपी कोइराला दुवै उदार भावनाले लेख्ने लेखक हुन् । यस पुस्तकले प्रजातन्त्र र स्वतन्त्रताको महत्व बढाउँछ ।’

विराटनगरमा कोइराला परिवारमा हुर्केबढेका रेणुलाई बीपी कोइराला आफ्ना भाइ नै ठान्थे । ‘हिन्दीका प्रख्यात साहित्यकार रेणु एकदमै आत्मीय बनेर हामीसँगै विराटनगर आए । हाम्रै घरमा बस्न थाले,’ रेणुको असामयिक निधन भएपछि बीपीले लेखेका छन्, ‘उनी २००७ को क्रान्तिमा होमिए । उनको क्रान्तिकारी प्रवृत्ति एवं अन्याय र दमनको विरोध गर्ने उग्रता मेरै जस्तो थियो । उनी मेरा साना भाइ थिए । साँच्चै उनी मेरै थिए ।’

कोइराला दाजुभाइमध्ये तारिणीप्रसाद कोइरालाका सहपाठी र समवयी रेणुको पुस्तक तारिणी परिवारकै सदस्य इन्दिरा कोइरालालाई हस्तान्तरण गर्दै पुस्तक लोकार्पण गरिएको थियो । रेडियो नेपाल स्थापनापूर्व नै विराटनगरमा खुलेको प्रजातन्त्र रेडियोको कथामा रेणु र तारिणीको महत्वपूर्ण योगदान छ, जुन यस पुस्तकमा चित्रित छ ।

धेरै पहिले नै छापिएको पुस्तकको सान्दर्भिकता अझ बढेको भए पनि बजारमा अप्राप्य रहेको महसुस गरेर आफूहरुले अनुवाद पुस्तक प्रकाशन गरेको पब्लिकेसन नेपालयका सम्पादक विमल आचार्यको भनाइ छ । ‘बजारमा अप्राप्य तर पढिन आवश्यक छ जस्ता लागेका कृति हामी नेपालय क्लासिक शृंखला अन्तर्गत प्रकाशन गर्छौं’, उनले भने, ‘प्रजातन्त्र आगमनको ७५ औँ दिवसको सम्मुखमा विराटनगर जुट मिल, प्रजातन्त्र रेडियोसहित चलेको आन्दोलनको प्रमुख स्थान विराटनगरको इतिहासमा केन्द्रित पुस्तक छाप्न पाउनु हाम्रा लागि गौरवको विषय हो ।’

जीवनभर स्वतन्त्रताको गीत गाउँदै लेखनमा सक्रिय रहेका फणीश्वरनाथ रेणुलाई भारतीय लेखकमध्ये निक्कै नै माथिल्लो श्रेणीमा राखिन्छ ।

१ सय २० पृष्ठको ‘सात सालको कथा’  पुस्तकको मूल्य ३ सय ४५ रुपैयाँ रहेको छ । पुस्तक देशभरका प्रमुख पुस्तक पसल तथा थुप्रैडटकम www.thuprai.com बाट खरिद गर्न सकिनेछ । विश्वभरका पाठकहरुले पनि अमेजनबाट सोझै पुस्तक खरिद गर्न सक्नेछन् ।