४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण फुटबलमा नेपाली युवा टोली चीनसँग पराजित



अ+ अ-

काठमाडौँ। चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौँमा भएको मैत्रीपूर्ण फुटबलमा नेपाली युवा टोली पराजित भएको छ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोलीले नेपाललाई २–० ले पराजित गरेको हो । खेलको पहिलो हाफमै युनान युवा टोलीले अग्रता लिएको थियो ।

पहिलो हाफको २० औँ मिनेटमा मेनगुई यो को गोलमा चिनियाँ टोलीले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि खेलको ७८ औं मिनेटमा विनहान वाङ को गोलमा चिनियाँ टोलीले २–० को अग्रता बनायो । त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपाली टोलीले हार व्यहोर्न बाध्य भयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल आयोजना भएको हो ।  गत वर्ष भएको खेलमा नेपाल ५-१ ले विजयी भएको थियो। खेलमा क्रममा चिनियाँ साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो।