२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मैत्रीपूर्ण फुटबलमा नेपाली युवा टोली चीनसँग पराजित



अ+ अ-

काठमाडौँ। चिनियाँ नयाँ वर्षको अवसरमा काठमाडौँमा भएको मैत्रीपूर्ण फुटबलमा नेपाली युवा टोली पराजित भएको छ।

शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोलीले नेपाललाई २–० ले पराजित गरेको हो । खेलको पहिलो हाफमै युनान युवा टोलीले अग्रता लिएको थियो ।

पहिलो हाफको २० औँ मिनेटमा मेनगुई यो को गोलमा चिनियाँ टोलीले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि खेलको ७८ औं मिनेटमा विनहान वाङ को गोलमा चिनियाँ टोलीले २–० को अग्रता बनायो । त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपाली टोलीले हार व्यहोर्न बाध्य भयो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना र नेपालस्थित चिनियाँ दूतावासको सहयोगमा मैत्रीपूर्ण फुटबल आयोजना भएको हो ।  गत वर्ष भएको खेलमा नेपाल ५-१ ले विजयी भएको थियो। खेलमा क्रममा चिनियाँ साँस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो।