४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ घाइते



अ+ अ-

काठमाडौँ। भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति भागदौड मच्चिएको छ । यस दुर्घटनामा १८ जनाको मृत्यु भएको भारतीय समाचार एजेन्सी एएनआइले उल्लेख गरेको छ ।

करिब ९ः२६ बजे प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको यस हृदयविदारक घटनामा १८ जनाको ज्यान गएको छ, जसमा १४ महिला र ३ बालबालिका रहेका छन्। २५ भन्दा बढी यात्रुहरू घाइते भएका छन्।

लोक नायक जय प्रकाश अस्पतालले मृतकको पुष्टि गरेको छ। महाकुम्भ मेलामा सहभागी हुन देशभरबाट आएका भक्तजनहरूको भीड दिउँसो ४ बजेदेखि नै स्टेशनमा भीडभाड थियो। तर, राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिलो हुँदा भीडको चाप बढ्न गई भागदौड मच्चिएको थियो।

भारतीय रेलमन्त्री अश्विनी वैष्णवले घटनाको गम्भीरतालाई मध्यनजर गर्दै तत्काल छानबिनको आदेश दिएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

सरकारले मृतकका परिवारलाई १० लाख दिने घोषणा गरेको छ भने गम्भीर घाइतेका परिवारलाई साढे २ लाख र सामान्य घाइतेलाई एक लाख दिने घोषणा गरेको छ ।