२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar हलगोरु पाल्ने ४६ कृषकलाई जनही रु सात हजार अनुदान News Polar प्रसूति सेवामा आमाको गोपनीयता सुनिश्चित गरिने, पर्दा लगाउनुपर्ने News Polar आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी News Polar घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरिए News Polar राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेस News Polar बाढीपछिको पुनरुत्थान र जलवायु उत्थानशील पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह News Polar बैंकमा साढे १२ खर्ब तरलता, उत्पादनमूलक क्षेत्रमा लगानी सुस्त News Polar कांग्रेस महाधिवेशन : मधेशी खुलातर्फ अनिल रुंगटा पहिलो स्थानमा News Polar बूढीगण्डकी बाढीः प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार News Polar चार दिनमै सुनको मूल्य ८ हजारभन्दा बढीले घट्यो News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने

उच्च पर्वतीय ट्रेनिङ सेन्टरका लागि ७ दिन सातै प्रदेशमा म्याराथन

उच्च पर्वतीय ट्रेनिङ सेन्टरका लागि ७ दिन सातै प्रदेशमा म्याराथन
अ अ+ अ-

कास्की: नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले नेपाल रन युकेले ‘सेभेन सेभेन सेभेन नेपाल म्याराथन च्यालेञ्ज’ आजदेखि सुरु गरेको छ ।

बेलायतमा हरेक वर्ष ‘नर्थल्ट १० के रन’ गर्दै आएको उक्त संस्थाले नेपालका सात प्रदेशमा सात दिनमा सात म्याराथन सम्पन्न गर्ने गरी सो कार्यक्रम सुरु गरेको हो ।

पोखरामा आज आयोजना गरिएको पोखरा अन्तरराष्ट्रिय म्याराथनबाट सुरु भएको यो कार्यक्रम आगामी फागुन १० गते धरानमा पुगेर समापन हुनेछ ।

“आज हामी पोखरा म्याराथन दौडियौँ । भोली बुटबलमा दौडिने छौँ । यसरी सात दिनमा धरानमा पुगेर सातै प्रदेशको सम्पन्न गर्नेछौँ”, आयोजक संस्थाका सदस्य पृथ्वी खड्काले भन्नुभयो । उहाँका अनुसार सातै प्रदेशको म्याराथनमा गरी धावकहरूले दुई सय ९६ किमी दौडने छन् ।

खड्काले भन्नुभयो, “नेपालमा पहिलो पटक यस किसिमको कार्यक्रम ल्याउनुको उद्देश्य खेलका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नु हो । नेपालको पर्वतारोहण र पदयात्राका लागि केही गर्न सकिन्छ भनेर लागिपरेका छौँ । छ घण्टामा म्याराथन भ्याउनुपर्ने बाध्यता छ । नभ्याए उहाँहरूले मेडल पाउनुहुँदैन ।”

म्याराथनको आम्दानीबाट जुम्लामा निर्माणाधीन हाइअल्टिच्युड ट्रेनिङ क्याम्पका लागि सहयोग गरिने खड्काले जानकारी दिनुभयो । “बेलायतमा नेपाली समुदायमा स्वास्थ्य सचेतना र नेपालका खेलाडीको आर्थिक सहयोगमा समर्पित यस संस्थाले ‘सेभेन म्यारान च्यालेन्ज इन’ गरेको हो । यो एउटा ‘च्यारिटी इभेन्ट’ हो, म्याराथनका लागि विभिन्न सहयोगदाताबाट प्राप्त हुने आम्दानीबाट बचत भएको रकम नेपालको खेलकुद विकासमा खर्च गर्नेछौँ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार आज गण्डकी प्रदेशमा पोखरा म्याराथन, फेब्रुअरी १६ मा लुम्बिनीको बुटवलमा, फेब्रुअरी १७ मा सुदूरपश्चिमको धनगढीमा, फेब्रुअरी १८ मा कर्णालीको सुर्खेतमा, फेब्रुअरी १९ मा बागमतीको हेटौँडामा, फेब्रुअरी २० मा मधेशको जनकपुरमा र फेब्रुअरी २१ मा कोशीको धरानमा एकसाथ म्याराथन र हाफ म्याराथन हुनेछ ।

प्रत्येक दिनका दौडहरूमा राजन खत्री नेतृत्वको एथ्लेटिक्स परिवार नेपालले व्यवस्थापन तथा सहयोगी भूमिका निर्वाह गर्ने र प्रत्येक प्रदेशमा स्थानीय सङ्घसंस्थाले सहयोग गर्ने उहाँको भनाइ छ । म्याराथनमा बेलायतबाट सन्तोष राई, रुदेन भुटिया, पृथ्वी खड्का, पाण्डे महतो र नेपालबाट सफल लामा, अर्जुन कुलुङ र विक्रम खनाल सहभागी हुनुहुन्छ ।

यसैगरी, हाफ म्याराथनमा नेपालबाट सङ्गीता थापा, रमेश शाक्य, दीपककुमार रञ्जित, बहादुर तामाङ र राकेश महर्जन हुनुहुन्छ । यसमा बेलायतबाट होमा पुन र मकाउबाट सुवास भुजेल हुनुहुन्छ ।

“पोखरामा पहिलो पटक दौडन पाउँदा खुसी लाग्यो । बच्चाहरू पनि उत्साहसहित सहभागी हुनुभयो । यसमा छिटो सकाएर छिटो जित्ने भन्ने हुँदैन, छ घण्टामा सकाएर अर्को प्रदेशमा गएर छ घण्टामा सम्पन्न गर्नुपर्दछ त्यसैले चुनौतीपूर्ण छ”, खड्काले भन्नुभयो ।