६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाले पोखरा, बुटवल र धनगढीमा प्रदेश स्तरिय आमसभा गर्दै



अ+ अ-

काठमाडौं ।  हिन्दु राष्ट्र र राजसंस्थाको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिएको दल राप्रपाले फागुन महिनामा विभिन्न सभाहरु गर्ने भएको छ ।

सो पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले माघ र फागुन महिनामा देशका विभिन्न शहरमा साना ठूला सभाहरु गर्ने र चैतमा काठमाण्डौं केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेको थियो । माघ महिनामा संगठन सुदृढीकरण र साना सभाहरु भएका छन् भने फागुनमा केही सभाहरु तय भइसकेका छन् अरु सभाहरुको तयारी हॅुदै गरेको राप्रपाले जनाएको छ ।

यसक्रममा फागुन ९ गते गण्डकी प्रदेशको पोखराको चिप्लेढुंगामा, फागुन १५ गते लुम्बिनी प्रदेशको बुटवलमा र फागुन १८ गते सुदुरपश्चिम प्रदेशको धनगढीमा सभाहरु हुने राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

राप्रपाले सरकारको गलत कार्यशैलीदेखि भ्रष्टाचार, सर्वत्र बेथितिको विरोध गर्ने र जनजीविकाका मुद्धाहरु, आफ्ना एजेण्डाका पक्षमा जनतालाई जागरुक तुल्याउन र जनमत निर्माण गर्न देशैभर विविध कार्यक्रमहरु गरिरहेको प्रवक्ता श्रेष्ठले बताए । ०८२ बैशाख मसान्तसम्म वडादेखि जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्ने भनेर हामीले केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय गरेका छौं, यतिबेला सबै स्थानीय तहको संगठन चलायमान भइरहेको छ, उनले भने ।

पोखरा, बुटवल र धनगढीमा हुने सभाहरुलाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत पार्टीका वरिष्ठ नेताहरुले सम्बोधन गर्नुहुनेछ।