१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कामनाका संस्थापक श्रेष्ठको संझनामा रक्तदान



अ+ अ-

काठमाडौ । कामना न्यूज पव्लिकेसन्स प्रालिका संस्थापक अध्यक्ष तथा लायन्स क्लव नेपालका संस्थापक समााजसेवी भारतलाल श्रेष्ठको संझनामा शनिबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

‘रक्तदान जीवनदान’ को मूल नारासहित भीमसेनस्थानस्थित कामना न्यूज पव्लिकेसन्स तथा द रोलिङ स्टोन स्कुलको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

स्वर्गीय श्रेष्ठको स्मृतिमा हरेक वर्ष फागुन ३ गते रक्तदान कार्यक्रम आयोजना गरिँदै आएको छ । रक्तदानमा सहभागी भएका रक्तदाताहरुलाई कामना न्यूज पव्लिकेसन्सका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्ध सम्पादक दिरेकलाल श्रेष्ठ लगायतले प्रमाणपत्र वितरण गरेका थिए । उक्त रक्तदान कार्यक्रममा २० जना रक्तदाताले रक्तदान गरेका थिए ।