४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलमाथि सिटीको सहज जित, ओमारको ह्याट्रिक



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले न्युक्यासल युनाइटेडलाई ४–० गोलले हराएको हो ।

घरेलु मैदान इतिहाडमा सिटीलाई फराकिलो जित दिलाउन ओमार मार्मोउसले ह्याट्रिक गरे भने एक गोल जेम्स म्याक्टीले थपे ।

ओमारले खेलको पहिलो हाफमै ह्याट्रिक गरे । उनले १९, २४ र ३३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । यता, ८४ औं मिनेटमा जेम्सले गोल थप्दै सिटीलाई ४–० को जित दिलाए ।

यो नतिजासँगै सिटी २५ खेलबाट ४४ अंकका साथ तालिकाको चौंथो स्थानमा छ भने न्युक्यासल ४१ अंकका साथ सातौं स्थानमा छ ।