२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेसले ०८४ मा बहुमत ल्याउँछ, एमाले दुर्घटनामा पर्छः झलनाथ खनाल



अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले ०८४ मा बहुमत ल्याउनेगरी काँग्रेसले तयारी गरिरहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ०८४ आउँदै गरेको भन्दै काँग्रेसले ०८४ को निर्वाचनका लागि राम्रो तयारी गरिरहेको बताउनु भयो । उहाँले काँग्रेस यही ढाँचाबाट अघि बढे बहुमत ल्याउने सम्भावना रहेको बताउनु भयो ।

उहाँले यही अवस्थाले एमाले एक्लै बहुमत ल्याउँछु भनेर हिँडे एमाले दुर्घटनामा पर्ने टिप्पणी गर्नुभयो । उहाँले देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु आवश्यक रहेको बताउनु भयो । देशका सबै वामपन्थी एक हुनुपर्ने बताउनु भयो ।

पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, ‘अब ०८४ आउँदैछ । ०८४ को लागि काँग्रेसले राम्रो तयारी गरेको देख्छु मैले । राम्रो तयारीमा छ । ०८४ मा काँग्रेसले यही नै ढाँचाबाट गयो भने बहुमत ल्याउने सम्भावना देख्छु । वामपन्थीले कल्पना नगरे पनि हुन्छ । म एक्लै बहुमत ल्याउँछु भनेर अहिले एमाले हिँड्दैछ ।

एमालेको एउटा खुट्टा हो की दुई वटा खुट्टा भाँचिने हो भन्नसक्ने अवस्था छैन । त्यो दुर्घटनामा पर्छ । यदी अहिले पनि बुद्धि छ भने देशको निम्ति हित गरेर अघि बढ्ने हो भने नेपालका वामपन्थीहरुले पुनरावलोकन गर्नु, गलत कुरा सच्याउनु, साझा कुरा खोज्नुपर्छ । ’

पूर्वप्रधानमन्त्री खनालले रेमिट्यान्सबाट देश चलेको छ भनेर घमण्ड गर्नेकुरा भ्यागुते घमण्ड भएको बताउनु भयो । उहाँले नेकपा (माओवादी केन्द्र)ले दक्षिणपन्थी बाटो अंगालेको बताउनु भयो । नेकपा (एकीकृत समाजवादी)ले पनि सोहीबाटो बिराएको बताउनु भयो ।

काँग्रेसको पुच्छर भएर माओवादी र एकीकृत समाजवादी हिँडेको बताउनु भयो ।