६ श्रावण २०८३, बुधबार
,
Latest
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित न्यायाधीश भुवन र उनकी पत्नी आरती बिच सम्बन्ध बिच्छेद हुने बाँके अदालतको फैसला



अ+ अ-

काठमाडौं। जिल्ला अदालत बाँकेले आरती रावल र उनका पति निलम्बनमा परेका जिल्ला न्यायाधीश भुवन गिरी बिच सम्बन्ध विच्छेद हुने फैसला गरेको छ ।

न्यायधीश गिरीले आरतीविरुद्ध सम्बन्ध विच्छेद र गाली बेइज्जती सम्बन्धी मुद्दा २०७९- ०८- ११ मा दर्ता गराउनु भएको थियो ।

गत माघ २० गते न्यायधीश भिष्मराज प्रसाईंको इजलासले आरतीको माग दाबी नपुग्ने भन्दै सम्बन्ध विच्छेदको फैसला गरेको हो । अदालतको फैसला पछि आरतीले आजबाट गिरी थर हटेको भन्दै सामाजिक संञ्जालमा पोष्ट गरेकी छिन् ।


यो पनि पढ्नु होस –डिल्लीबजार कारागारबाट निलम्वित न्यायाधीश भुवन गिरीको बकपत्र

दुवैले एक अर्का विरुद्ध दर्जन मुद्दा दर्ता गरेका थिए । आरतीले पति न्यायाधीश गिरीविरुद्ध जर्बजस्तीकरणी र वैवाहिक बलात्कार सम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता गरेकी थिईन । न्यायाधीश भुवन गिरीले पनि उनीविरुद्ध सम्बन्ध विच्छेद र गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गराएका थिए ।

गिरीले २०७९ मंसिर ११ मा बाँके जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। सँगसँगै उनले पत्नी आरतीविरुद्ध गाली बेइज्जती सम्बन्धी ७ वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेका थिए। गिरीकी कान्छी छोरीले बुबा र आरतीलाई विपक्षी बनाउँदै अंश मुद्दा पनि दर्ता गराएकी थिईन ।

अदालतले खानाखर्च मुद्दामा: फिराद परेको मितिदेखी अंश नछुट्याउँदासम्म मासिक १२ हजार आरती रावलले भूवन गिरीबाट पाउने फैसला गरेको छ । यसै गरी भुवन गिरी वादी भएर दायर भएको गाली बेइज्जती मुद्दा सबै वादी दावी नपुग्ने ठहर गरेको छ ।

अदालतले भुवनको छोरी भावना गिरीले दायर गरेको अंश मुद्दामा भुवन गिरीको नाममा रहेको सम्पत्तिबाट आरती रावलसमेतलाई अंशियार मानि ६ भागको १ भाग सम्पत्ति पाउने आदेश गरेको छ । अदालतले आरती रावल गिरीको सम्पत्ति बण्डा नलाग्ने ठहर समेत गरेको छ ।




भर्खरै