१८ भाद्र २०८३, बिहीबार
,
Latest
जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह मन्त्रिपरिषद् बैठक सुरु होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह : ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार,होटलको लागि सिलिन्डरको तौल… सुरुङमा उद्धार र मानवीय क्षतिको विवरण अद्यावधिक हुँदैछ : परराष्ट्र मन्त्रालय विपद् प्रतिकार्यमा सरकारलाई सहयोग गर्ने रास्वपाको निर्णय, ७२ घण्टाभित्र राहत वितरण गर्न आग्रह संसद बैठक चलिरहँदा सभाकक्षमै ढले काँग्रेस सांसद खड्का विपद्पछिको अवस्था र राहतबारे परराष्ट्र मन्त्रालयद्वारा कुटनीतिक ब्रिफिङ, केरुङमा रहेका नेपालीलाई फर्काउन समन्वय गरिँदै रसुवा बाढी उद्धारमा सरकार चुकेको कांग्रेस प्रमुख सचेतक थापाको आरोप भोटेकोशी बाढीपीडितका लागि राहत कोषमा सहयोग बढ्दो राजर्षिजनक विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति



अ+ अ-

काठमाडाैँ । महोत्तरी, काभ्रे र सप्तरीमा भएका छुट्टाछुट्टै आगलागीका घटनामा रु सात लाख ४० हजार बराबरको धनमाल नष्ट भएको छ ।

महोत्तरीको सोनमा गाउँपालिका–३ दक्षिणबारी टोलस्थित दिनेश यादवको गोठमा आज बिहान आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब रु तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

काभ्रेको बनेपा नगरपालिका–१ दुलाल गाउँस्थित लक्ष्मण दुलालको गोठमा विद्युत् सर्ट भई मङ्गलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जल्दा करिब रु दुई लाख ४० हजार बराबरको नाक्सान भएको छ ।

प्रहरी प्रधानकार्यालयका अनुसार सप्तरीको कञ्चनरूप नगरपालिका–६ क्वाटर मलेठस्थित नवराज बस्नेतको गोठमा मङ्गलबार राति आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब रु दुई लाख बराबरको धनमाल नष्ट भएको छ । रासस




भर्खरै