८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाइल्याण्डमा कृष्ण सिग्देललाई मास्टर्स एथलेटिक्समा रजत पदक



अ+ अ-

२९ औँ थाइल्याण्ड मास्टर्स एथ्लेटिक्स प्रतियोगितामा झापाका कृष्णप्रसाद सिग्देलले रजत पदक जितेका छन् ।

राजधानी बैंककको च्याङ राईमा आयोजना भएको यो प्रतियोगितामा झापाका सिग्देलले ५५–५९ उमेर समूहमा लङजम्पतर्फ ४ दशमलव ९० मीटरको जम्प लगाउँदै रजत पदक जितेका हुन् ।

बिहीबार भएको खेलमा पदक जितेपछि उनले खुसी जनाए । ‘मैले पदक जित्छु भन्ने कल्पना गरेको थिइन । त्यति धेरै ठूला राष्ट्रका खेलाडी सहभागी थिए । खुसी लागेको छ,’ उनले जितपछि सञ्चारकर्मीसँग भने ।

१२ फेब्रुअरीदेखि सुरु भएको यो प्रतियोगितामा भाग लिन ९ खेलाडी र २ पदाधिकारी गरी ११ जनाको नेपाली टोली बैंकक पुगेको थियो । प्रतियोगितामा २२ राष्ट्रका खेलाडी सहभागी छन् ।