काठमाडौं । युवा तथा खेलकुद मन्त्री एबं खेलकुद परिषद्का अध्यक्ष तेजुलाल चौधरीले परिषद्का केही सदस्यलाई हटाउन माग गर्दे सर्वोच्च अदालतमा पेश गरेको भ्याकेट खारेज भएको छ ।
गत भाद्र २१ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल ईजालासले परिषद्का सदस्य प्रकाश कुमार कुसारीलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको थियो । यसै गरी केही दिन पछि अन्य चार सदस्यलाई पनि नहटाउ आदेश दिएको थियो ।
उनिहरुलाई हटाउन माग गर्दे मन्त्री चौधरी निर्णय पुन बिचार गर्न माग गर्दे सर्वोच्च गएका थिए । न्यायधीस हरि फुयाल र बालकृष्ण ढकालको सयुक्त ईजलासले मन्त्रीले निबेदनलाई भ्याकेटमा जान प्राबिधिक रुपमा नमिल्ने भन्दै अस्वीकार गरेको छ ।
अन्तरिक आदेशको पूर्ण सुनुवाईका लागि तोकिएको अबस्था भ्याकेटमा जान प्राबिधिक रुपमा मिलने अदालतको आदेशका भनिएको छ ।
सरकारले नेतृत्व परिवर्तन भएसँगै मन्त्रिस्तरिय निर्णयबाट युवा तथा खेलकुद मन्त्रालयले सदस्य कुसारी लगायत केही सदस्यलाई हटाउने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय विरुद्ध कुसारीले सर्बोच्चमा रिट दायर गर्नुभएको थियो ।
एकै प्रकृतिमा नियुक्ति भएकाहरुका बारेमा सरकार पुर्बाग्रही भएर केही सदस्यलाई मात्र हटाउने निर्णय सरकारले गरेका कारण आफू अदालतको ढोकामा पुगेको कुसारीले बताउनुभयो ।









