४ चैत्र २०८१, सोमबार
March 17, 2025 Monday

12.27°C

काठमाडौं

12.27°C

Kathmandu

Feels-like: 11.17

Wind: 1.03

Humidity: 62

Latest
पाँचौ एपिक नेपाल म्युजिक अवार्ड सम्पन्न: ३२ विधामा अवार्ड प्रदान एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान ५२ लाख पुरस्कारको १७औं धर्मश्रीको तयारी पूरा क्षितिज र नीता यलम्बर ब्याडमिन्टन च्याम्पियन चौध वटा सङ्घीय अस्पतालमा नयाँ सेवा थप गरिने डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट आगामी बजेटमा करका दर भन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव जनताप्रति जिम्मेवार हुनेगरी सङ्घीयता कार्यान्वयनमा ध्यान दिनुपर्छ: सभापति देउवा अफगानिस्तानमा जुनसम्ममा ८० प्रतिशत सेवाहरू बन्द हुने डब्लुएचओको चेतावनी बाइडेनले आफ्ना विपक्षीलाई दिएको माफी रद्द गर्ने ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक्सेल्सियर फुटसलमा दोहोरो उपाधिनजिक



अ+ अ-

काठमाडौं: आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा बिहीबार दोहोरो उपाधिनजिक पुगेको छ । एक्सेल्सियर यु–१४ र यु–११ उमेरसमूहमा फाइनल पुगेको हो ।

यु–१४ मा एक्सेल्सियर ‘नीलो’ ले आफ्नै ‘रातो’ टोलीलाई ३–२ गोलले पराजित ग-यो । विजेताका साहिलराज थापा, निर्माण घिमिरे र कृष पाण्डेले समान १–१ गोल गरे । एक्सेल्सियर ‘रातो’ का आयाज गोलेले १ गोल फर्काए भने बाँकी गोल आत्माघाती थियो । फाइनलमा एक्सेल्सियर ‘नीलो’ को भेट विद्यावाणी पाठशालासंग हुनेछ । विद्यावाणीले काठमाडौं लिङकनलाई २–० गोलले हरायो । विद्यावाणीका प्रज्ज्वल गौतमले दुवै गोल गरे ।

यु–११ मा एक्सेल्सियरले राई स्कुललाई १–० गोलले पाखा लगायो । ओजस पाठकले निर्णायक गोल गरे । एक्सेल्सियरले उपाधिका लागि स्वस्तिश्री गुरुकुलको सामना गर्ने छ । स्वस्तिश्रीले न्यु जेनिथलाई ३–१ गोलले पाखा लगायो । स्वस्तिश्रीका प्रसिन कोइरालाले १ गोल गरे । बाँकी २ गोल आत्माघाती रह्यो । न्यु जेनिथका प्रजेश श्रेष्ठले १ गोल गरे ।

यु–१६ मा बोधीसत्व र रिब्सले उपाधि भिडन्त पक्का गरे । बोधीसत्वले स्वस्तिश्रीको चुनौती ४–२ गोलले समाप्त पा¥यो । बोधीसत्वका लाक्पा तामाङले २ तथा निमेश तामाङ र शान्ता तामाङले समान १–१ गोल गरे । स्वस्तिश्रीका दीप खत्री र भैभव ताम्राकारले गोल गरे ।

रिब्सले निःसर्ग वाटिकामाथि ३–१ को जित दर्ता ग¥यो । रिब्सका रिसन लामाले २ र आर्यन केसीले १ गोल गरे । निःसर्ग वाटिकाका अक्सिनदास श्रेष्ठले सान्त्वना गोल गरे । यु–९ मा संस्कृतिले एक्सेल्सियरलाई २–१ तथा राई स्कुलले काभ्यालाई २–१ गोल निराश पार्दै फाइनलमा स्थान पक्का गरे ।

बास्केटबल:

एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा रेडियन्ट पब्लिक स्कुलले एक्सेल्सियरलाई ५०–३१ तथा भ्याली भ्युले एलआरआईलाई ६१–२५ ले पराजित गर्दै फाइनलमा पुगे । रेडियन्टका सुशनराज न्यौपानेले १७ तथा भ्याली भ्युका गणेशबहादुर विष्टले २९ अंक जोडे ।

सिनियर गल्र्समा रिब्सले रेडियन्ट पब्लिकलाई ३१–२७ तथा स्वर्णिमले एक्सेल्सियरलाई १६–१० ले हराउदै फाइनल यात्रा तय गरे । रिब्सका निमिशा धामीले १५ तथा स्वर्णिमकी नितिशा महर्जनले १२ स्कोर गरे ।