२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्टमा पनि कोभिड १९ का संक्रमित १ लाखभन्दा बढी



अ+ अ-

काठमाडौं । इजिप्टमा पनि कोभिड १९ का सङ्क्रमितहरु बढ्दो रुपमा देखिएको छ । सोमबारको पछिल्लो परिणामअनुसार यहाँ पनि कोभिडका सङ्क्रमितहरु एकलाख नाघेको छ । यहाँको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी गराएको छ ।

उक्त मन्त्रालयकाअनुसार यहाँ १ लाख ४१ जना संक्रमित भेटिएका छन् । त्यस्तै यहाँका ५ हजार भन्दा बढी नागरिकको सो सङ्क्रमणबाट ज्यान गएको छ ।सोमबारको प्राप्त पछिल्लो समाचारमा यहाँ ५ हजार ५४१ जनाको यो सङ्क्रमणबाट ज्यान गएको जनाइएको छ । यो संक्रमणका ७९ हजार भन्दा बढी संक्रमित यहाँ निको भएर घर फर्किएका छन् । यसरी यहाँका संक्रमितहरुमा निको हुने दर धेरै देखिएको छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकमा यो भाइरसबाट विश्वका करिब २ करोड ७० हजार मानिस संक्रमित भएका छन् भने यसबाट ८ लाख ८१ हजार जनाको ज्यान गएको छ ।