२८ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै बाह्य सहयोगमा मात्रै निर्भर भएर रसुवा बाढीको पुनर्निर्माण गर्न हुँदैन : अरुणकुमार सुवेदी ‘पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन’ वर्षाको पानी जमिनमै पुनर्भरण गर्न ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउँदै महानगर ब्रिक्सको प्रभाव र सहकार्य विस्तार गर्न राष्ट्रपति सीद्वारा पाँच प्रस्ताव बाँकेमा दुई हजार आठ सय बढी नयाँ रोजगारी सिर्जना विश्वव्यापी आपूर्ति दबाबबीच सिरियामा इन्धनको मूल्य बढ्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसभित्र बलियो एकता भए कुनै पनि शक्तिले परास्त गर्न सक्दैन: सभापति देउवा



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र बलियो एकता हुन सके पार्टीलाई कुनै शक्तिले परास्त गर्न नसक्ने बताएका छन् ।

कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले त्यसका लागि पार्टीभित्र बलियो एकता जरूरी रहेकाले एकढिक्का हुन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

‘हामी मिले कसैले हराउन सक्दैन, त्यसकारण पार्टीभित्र एकता हुन जरूरी छ । पार्टीभित्र बलियो एकता कायम हुन सके कुनै निर्वाचनमा कांग्रेसलाई कसैले हराउन सक्दैन’, सभापति देउवाले भने, ‘पार्टीलाई बलियो बनाउन विकासका काममा समेत कांग्रेसका नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्न आवश्यक छ ।’

यसैगरी उनले दाङमा रहेको विमानस्थल स्तरवृद्धि अपरिहार्य रहेको भन्दै तुलसीपुरमा रहेको विमानस्थल स्तरवृद्धिका लागिसमेत विज्ञहरूसँग परामर्श तथा प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘दाङमा ठूला जहाज उडानका लागि यहाँको विमानस्थललाई विस्तार गर्न जरूरी छ । यो दाङको आवश्यकता हो । यसकार्यमा मैले पनि पहल गर्नेछु’, उनले भने ।