काठमाडौं । स्पेनी फुटबल लिग ला लिगा अन्तरगत ‘मड्रिड डर्बी’ को खेल बराबरीमा सकिएको छ ।
गएराति भएको खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिडले १-१ को बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा सुरुवाती अग्रता भने एट्लेटिकोले लिएको थियो । खेलको ३५ औं मिनेटमा युलियन अन्भारेजले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।
यता ५० औं मिनेटमा किलियन एमबाप्पेले गोल फर्काउँदै रियललाई १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलमा थप गोल हुन सकेन र दुबै टोलिले बराबरीको नतिजामा चित्त बुझाए ।
अङ्कतालिकामा २३ खेलबाट ५० अङ्कका साथ रियल शीर्षस्थानमा रहँदा एट्लेटिको ४९ अङ्कका साथ दोस्रो स्थानमा छ ।










