३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड

सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल

सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल
अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार असफल भए त्यसको असर समग्र मुलुकमा पर्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधि सभाको बिहीवारको बैठकलाई सम्बोधन गर्दै उहाँले जनताको ठूलो आशा र अपेक्षाका साथ वर्तमान सरकार गठन भए पनि सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका क्षेत्रमा अपेक्षाअनुसार काम हुन नसकेको बताउनुभयो ।

प्रचण्डले सरकारका पछिल्ला गतिविधिले नकारात्मक उदाहरण प्रस्तुत गरेको आरोप लगाउँदै सुकुम्वासी समस्या, ट्रेड युनियन अधिकार, विद्यार्थीका सवाल तथा भौगोलिक सीमा र राष्ट्रिय स्वाधीनताजस्ता संवेदनशील विषयमा सरकार गम्भीर नदेखिएको बताउनुभयो ।

उहाँले लगानी, उत्पादन, रोजगारी, पुँजीगत खर्च, राजस्व सङ्कलन, बजार विकास तथा कर प्रणालीलगायतका आर्थिक सूचकहरू सन्तोषजनक नरहेको दाबी गर्नुभयो । कर प्रणालीका कारण जनतामा त्रास सिर्जना भएको उल्लेख गर्दै उहाँले सरकारप्रति जनताको निराशा र चिन्ता बढ्दै गएको बताउनुभयो ।

‘अहिले पनि देशको राजनीति सहज भएको छैन । नेपाली जनताले आशा र अपेक्षाका साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई उल्लेखनीय जनमत दिएका थिए । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा ठोस काम हुने अपेक्षा जनतामा थियो,’ उहाँले भन्नुभयो ।

विगतका बेथिति र अराजकताप्रति राजनीतिक नेतृत्वले जिम्मेवारी लिनुपर्ने बताउँदै प्रचण्डले राम्रो कामको जस र नराम्रो कामको अपजस पनि नेतृत्वले नै लिनुपर्ने आफ्नो धारणा रहेको स्पष्ट पार्नुभयो ।

सरकारले आफ्ना सुझाव र आलोचनालाई गम्भीरतापूर्वक लिएर जनताको अपेक्षाअनुसार जिम्मेवार कदम चाल्ने अपेक्षा गरे पनि त्यसो हुन नसकेको उहाँको भनाइ थियो । पछिल्ला घटनाक्रमले जनतामा निराशा बढाएको र अवस्था विगतभन्दा पनि कमजोर हुने हो कि भन्ने आशंका उत्पन्न भएको उहाँले बताउनुभयो ।

संविधान कार्यान्वयनको विषयमा समेत सरकारको नियतमाथि प्रश्न उठाउँदै प्रचण्डले हजारौँको बलिदानबाट प्राप्त समावेशी लोकतन्त्र र संविधानलाई कमजोर पार्ने वा पुनर्लेखन गर्ने प्रयास भइरहेको त छैन भन्ने आशंका उत्पन्न भएको बताउनुभयो ।

उहाँले सरकारलाई जनताको आशा र अपेक्षाअनुसार काम गर्न तथा मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाप्रति गम्भीर बन्न ध्यानाकर्षण गराउनुभयो ।