१४ श्रावण २०८३, बिहीबार
,
Latest
गुठी समस्या समाधान र बाँदर नियन्त्रणका लागि तत्काल कानून निर्माण गर्न सरकारसँग माग सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय सुनसरीको देवानगञ्ज झडप प्रकरणः प्रहरी दमन र सरकारी कमजोरीबारे एमाले सांसद बरालद्वारा सदनको ध्यानाकर्षण प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । नेपालगञ्ज आसपासका क्षेत्रका बिरामीका लागि आवश्यक मात्रमा रगतको अभाव देखिएको छ । त्यस क्षेत्रमा दैनिक ७० देखि १०० पिन्ट रगतको माग भए पनि ६० देखि ७० पिन्ट मात्र वितरण भइरहेको लुम्बिनी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालगञ्जबाहेक कोहलपुर र खजुरा क्षेत्रमा सञ्चालित ४२ वटा अस्पतालमा चिकित्सकको सिफारिसमा बिरामीलाई सुरक्षित रगत उपलब्ध गराइदै आएको छ । हाल नेपालगञ्जमा ३१, कोहलपुरमा नौ र खजुरामा दुई अस्पताल छन् ।

बाँकेका विभिन्न अस्पतालमा बिरामीका चाप बढ्दै जाँदा रगतको माग पनि बढी रहेको जानकारी दिँदै प्रमुख रेग्मीले लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका अस्पतालका बिरामीका लागि पनि रगतको माग रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “‘ब्लड डोनेसन’ कम भएको छ यसले हामीलाई थेग्न नसक्ने अवस्था आएको छ ।” लुम्बिनी प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र नेपालगञ्जका अनुसार नेपालगञ्जमा १०१ पिन्ट, कोहलपुरमा ६२ पिन्ट र खजुरामा १७ पिन्ट रगत मौज्दात रहेको छ । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, नेपालगञ्जबाट आर्थिक वर्ष २०८२८३ मा २४ हजार ५२६ पिन्ट रगत वितरण गरिएको छ ।

बाँके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामी उपचारका लागि यहाँस्थित विभिन्न अस्पताल आउने भएकाले पनि जिल्लामा सुरक्षित, गुणस्तरीय र पर्याप्त रक्तसञ्चार सेवाको आवश्यकता बर्सेनि बढ्दै गएको रेग्मीले बताउनुभयो । केन्द्रका तर्फबाट विभिन्न सङ्घ, संस्था र व्यक्तिलाई रक्तदान बढाउन आग्रह गर्दै उहाँले त्यस्ता संस्थाले कार्यतालिका बनाएर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिनुभयो ।

हाल नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाले जिल्लाका तीन स्थानबाट रक्तसञ्चार सेवा सञ्चालन गरिरहेको छ । नेपालगञ्जस्थित प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, कोहलपुर मेडिकल कलेज शिक्षण अस्पतालस्थित रक्तसञ्चार सेवा एकाइ तथा सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरास्थित रक्तसञ्चार सेवा एकाइमार्फत नियमित रूपमा रक्तसञ्चार सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य सेवा विस्तारसँगै रक्तदानप्रति नागरिकको सहभागिता बढाउन र आवश्यक समयमा पर्याप्त रगतको उपलब्धता सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटी बाँकेले विभिन्न सचेतनामूलक तथा रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ ।




भर्खरै