५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी एफए कपको चौंथो चरणबाटै बाहिरियो



अ+ अ-

काठमाडौं । चेल्सी फुटबल क्लबले एफए कपमा हार ब्यहोरेको छ ।

गएराति भएको चौंथो चरणको खेलमा चेल्सी ब्राइटनसँग १-२ गोलले पराजित भएको हो ।

ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडियममा चेल्सीले खेलको पाचौं मिनेटमा नै अग्रता लिएको थियो । ब्राइटनका गोलकिपर बार्ट भरब्रगनले आत्मघाती गोल गर्न पुगेपछि चेल्सीले सुरुवाती अग्रता लिएको हो ।

तर, खेलको १२ औं मिनेटमा जर्जिनिओ रुटरले हेडरमार्फत गोल गर्दै ब्राइटनलाई १-१ को बराबरीमा ल्याए । यस्तै, खेलको ५७ औं मिनेटमा काओरु मितोमाले गोल गर्दै ब्राइटनलाई २-१ ले अघि बढाए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र ब्राइटनको पक्षमा नतिजा गयो । योसँगै चेल्सीको एफए कप यात्रा यहिँ टुंगिएको छ भने ब्राइटन पाँचौ चरणमा प्रवेश गरेको छ ।

प्रतियोगितामा ब्राइटनसँगै १६ टोलिले पाँचौ चरणमा स्थान बनाएका छन् । पाँचौ चरणको ड्र भोलि सोमबार हुनेछ ।