१४ श्रावण २०८३, बिहीबार
,
Latest
प्रधानमन्त्रीले संसदमा उभिएर स्पष्टीकरण दिनुपर्छः पूर्वप्रधानमन्त्री दाहाल बालेनलाई प्रचण्डको सुझावः अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सी एफए कपको चौंथो चरणबाटै बाहिरियो



अ+ अ-

काठमाडौं । चेल्सी फुटबल क्लबले एफए कपमा हार ब्यहोरेको छ ।

गएराति भएको चौंथो चरणको खेलमा चेल्सी ब्राइटनसँग १-२ गोलले पराजित भएको हो ।

ब्राइटनको घरेलु मैदान फाल्मर स्टेडियममा चेल्सीले खेलको पाचौं मिनेटमा नै अग्रता लिएको थियो । ब्राइटनका गोलकिपर बार्ट भरब्रगनले आत्मघाती गोल गर्न पुगेपछि चेल्सीले सुरुवाती अग्रता लिएको हो ।

तर, खेलको १२ औं मिनेटमा जर्जिनिओ रुटरले हेडरमार्फत गोल गर्दै ब्राइटनलाई १-१ को बराबरीमा ल्याए । यस्तै, खेलको ५७ औं मिनेटमा काओरु मितोमाले गोल गर्दै ब्राइटनलाई २-१ ले अघि बढाए ।

त्यसपछि खेलमा थप गोल हुन सकेन र ब्राइटनको पक्षमा नतिजा गयो । योसँगै चेल्सीको एफए कप यात्रा यहिँ टुंगिएको छ भने ब्राइटन पाँचौ चरणमा प्रवेश गरेको छ ।

प्रतियोगितामा ब्राइटनसँगै १६ टोलिले पाँचौ चरणमा स्थान बनाएका छन् । पाँचौ चरणको ड्र भोलि सोमबार हुनेछ ।