
काठमाडौं । चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
एनआरटीलाई सडनडेथमा ६-५ ले हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको हो ।
निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न सकेनन् र खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
खेलमा अग्रता भने एनआरटीले लिएको थियो । खेलको २५औं मिनेटमा एनआरटीका रिचर्ड विल्सले गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए ।
खेलको ६३औं मिनेटमा चर्च ब्वाइजका नवीन लामाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए । लामाले पेनाल्टीमार्फत गोल गरेका हुन् ।