१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनआरटीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा



अ+ अ-

काठमाडौं । चर्च ब्वाइज युनाइटेड पोखरामा जारी २४औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एनआरटीलाई सडनडेथमा ६-५ ले हराउँदै चर्च ब्वाइज अन्तिम आठमा पुगेको हो ।

निर्धारित समय १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । थप अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न सकेनन् र खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

खेलमा अग्रता भने एनआरटीले लिएको थियो । खेलको २५औं मिनेटमा एनआरटीका रिचर्ड विल्सले गोल गर्दै टोलिलाई अग्रता दिलाएका थिए ।

खेलको ६३औं मिनेटमा चर्च ब्वाइजका नवीन लामाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए । लामाले पेनाल्टीमार्फत गोल गरेका हुन् ।