१८ भाद्र २०८३, बिहीबार
,
Latest
बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी राष्ट्रियसभा बैठक भदौ २४ गते बस्ने नेपाललाई तत्काल जलवायु न्यायका लागि आर्थिक सहायता उपलब्ध गराउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अष्ट्रेलिया पलायन भइन् भलिबल खेलाडी सरस्वती चौधरी



अ+ अ-

काठमाडौँ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीका पहिलो रोजाइकी स्पाइकर सरस्वती चौधरी विदेश पलायन भएकी छन् । सशस्त्र प्रहरी बल (एपीएफ)बाट बिदा भएर उनी आज अष्ट्रेलिया प्रस्थान गरेकी हुन् ।

एपीएफका भलिबल खेलाडीहरुले सरस्वतीको बिदाइमा एक कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममा सरस्वती भावुक बनिन् ।

१७ वर्षको उमेरमा एपीएफमा आवद्ध भएकी उनले टीमलाई थुप्रै सफलताहरु दिलाएकी छन् । सरस्वतीले सन् २०१४ मा राष्ट्रिय टीममा स्थान बनाएकी थिइन् ।

सरस्वतीले उत्कृष्ट प्रदर्शनमै नेपालले बंगलादेशमा भएको सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको उपाधि जितेको थियो । नेपालले महिला भलिबलमा जितेको यो पहिलो अन्तर्राष्ट्रिय स्वर्णपदक थियो ।

यद्यपि, उनी अनुकूलता मिलेमा नेपालको प्रतियोगिता खेल्न आउन सक्ने बताइएको छ ।