४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज अध्यादेश निर्णयार्थ पेस नहुने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा आज अध्यादेश निर्णयार्थ पेस नहुने भएको छ ।

स्रोतका अनुसार राष्ट्रिय सभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी भएको भन्दै आज निर्णयार्थ पेस नहुने भएको हो ।

सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश पेस गरेको थियो ।

ती अध्यादेशका विरूद्ध प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदहरूले ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए ।

संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको भएपनि अहिलेसम्म बैठक सुरु हुन सकेको छैन ।