३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओराकलले टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने सम्भावना बढ्यो



अ+ अ-

वासिङ्टन । लोकप्रिय चिनियाँ भिडियो–सेयरिङ एप्लीकेसन टिकटकले आफ्नो अमेरिका व्यवसाय अमेरिकी कम्पनी ओराकललाई बिक्री गर्ने संकेत दिएको छ । टिकटकको अमेरिका व्यवसाय खरिद गर्ने बारेमा माइक्रोसफ्टसँग लामो वार्ता भए पनि अन्ततः त्यो पहल समाप्त भएको माइक्रोसफ्टले जनाएको छ । 

माइक्रोसफ्टले आइतबार एक विज्ञप्ति जारी गर्दै टिकटकको मुख्य कम्पनी बाइटडान्सले आफ्नो प्रस्ताव अस्वीकार गरेको जनाएको छ । 

अमेरिकी सूचना चुहावटको आशंका जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको अमेरिकामा हुने व्यवसाय अमेरिकी कम्पनीलाई बिक्री गर्न आदेश नै दिनु भएको छ । उहाँले आगामी सेप्टेम्बर २० भित्र टिकटकले निर्णय नगरे अमेरिकामा प्रतिबन्ध लगाउने गरी एक कार्यकारी आदेशमा हस्ताक्षर समेत गर्नु भएको छ । 

टिकटक र ह्वाइट हाउसले यसबारेमा कुनै टिप्पणी गर्न अस्वीकार गरेका छन् । टिकटक खरिदमा माइक्रोसफ्टसँग साझेदारी गर्न चाहेको वाल्मार्टले टिकटकमा लगानी गर्न अझै पनि आफूहरु उत्साहित रहेको जनाएको छ । वाल्मार्टले बाइटडान्स र अरु साझेदारसँग वार्ता गरिरहेको बताएको छ । 

टिकटकले अमेरिकी व्यवसायलाई अन्य विश्वबाट कसरी विस्थापित गर्ने भन्ने बारेमा अझै केही बताएको छैन । चिनियाँ बजारका लागि बाइटडान्सले टिकटकजस्तै डोइन नामको भिडियो–सेयरिङ एप्लीकेसन प्रयोगमा ल्याएको छ । 

बाइटडान्स र अमेरिकी कम्पनीबीच हुने किनबेचका सम्बन्धमा अमेरिकाको विदेशी लगानी समितिले मूल्याँकन गरेपछि मात्र अन्तिम टुंगो लाग्नेछ ।

टिकटकका अनुसार संयुक्तराज्य अमेरिकामा १० करोड र विश्वभर ७० करोड ग्राहक रहेका छन् । यस एप्लीकेसनको स्वामित्व चिनियाँ नागरिकमा रहेकाले पनि अमेरिकामा विशेष चासो दिइएको हो । ह्वाइट हाउसले टेलिकम कम्पनीहरु हुवावे र जेडटिई, विच्याट समेतका निकै लोकप्रिय एप्समाथि शृंखलाबद्ध प्रतिबन्धहरु घोषणा गरिरहेको छ । 

टिकटक खरिदमा अग्रपंक्तिमा देखिएको ओराकलले खासगरी डेटाबेस सफ्टवेयर निर्माण गर्दछ ।